विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति बन्यो सुन

विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति बन्यो सुन : Icon Khabar

काठमाडौं, साउन ७ । अन्तर्राष्ट्रिय बजारमा सुनले सन् २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सन् २०२४ को पहिलो ६ महिनामा मात्रै भाउ करिब १३ प्रतिशतले बढेपछि सुनले अन्य प्रमुख सम्पति वर्गहरुलाई पछि पारेको वर्ल्ड गोल्ड काउन्सिलको रिपोर्टले देखाएको छ । केन्द्रीय बैंकहरुको निरन्तर खरिद, एसियाली लगानी प्रवाह, बलियो उपभोक्ता माग र भूराजनीतिक अनिश्चितताबाट सुनलाई निरन्तर फाइदा पुगेको छ ।

जसका कारण सन् २०२४ को पहिलो ६ महिनामा सुन विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति वर्ग बन्न पुगेको काउन्सिलले जनाएको छ । यसअवधिमा सुनको भाउ १२.७४ प्रतिशतले बढेको थियो भने पहिलो स्थानमा रहेको अमेरिकी स्टकको भाउ १५.६४ प्रतिशतले बढेको थियो । यता, सन् २०२४ को दोस्रा ६ महिनाको सुरुवात अर्थात जुलाई महिनामा पनि सुन र अमेरिकी स्टकहरुको भाउ निरन्तरजसो बढी नै रहेको छ ।

सुनको प्रदर्शनले उदीयमान बजारहरुको प्रदर्शनलाई पनि पछि पारेको हो । उदीयमान बजारहरुको स्टकको मूल्य भने यस अवधिमा ८.४५ प्रतिशतले बढेको छ । न्यून तर अझै असहज मुद्रास्फीतिको बीच लगानीकर्ताहरु ब्याजदर कटौतीको लागि उत्सुक देखिँदा सुनको भाउमा सकारात्मक असर परेको हो । यस वर्षको दोस्रो ६ महिनाको अवधिमा ब्याजदर कटौती हुने पूर्वानुवानका कारण पहिलो ६ महिनामा सुनको भाउमा उल्लेख्य वृद्धि भएको काउन्सिलले जनाएको छ ।

यसले नै सुनको भाउलाई आगामी दिनमा डोहोर्याउनसक्ने देखिएको छ । विश्व अर्थतन्त्र र सुनले पनि अहिले उत्प्रेरकको खोजी गरिरहेको काउन्सिलको भनाई छ । र त्यो उत्प्रेरकको काम विकसित बजारहरुमा कटौती हुने ब्याजदरले गर्न सक्ने अनुमान छ । ब्याजदर कटौती भएमा पश्चिमा राष्ट्रहरुको लगानी पनि सुनमा जाने र भाउ थप बढ्न सक्ने अनुमान गरिएको छ । यद्दपि, केन्द्रीय बैंकको मागमा ठूलो गिरावट वा एसियाली लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा सुनको प्रदर्शनमा कमी आउन सक्ने बताइएको छ ।

Published Date: 22 July 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु