विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति बन्यो सुन

विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति बन्यो सुन : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, साउन ७ । अन्तर्राष्ट्रिय बजारमा सुनले सन् २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । सन् २०२४ को पहिलो ६ महिनामा मात्रै भाउ करिब १३ प्रतिशतले बढेपछि सुनले अन्य प्रमुख सम्पति वर्गहरुलाई पछि पारेको वर्ल्ड गोल्ड काउन्सिलको रिपोर्टले देखाएको छ । केन्द्रीय बैंकहरुको निरन्तर खरिद, एसियाली लगानी प्रवाह, बलियो उपभोक्ता माग र भूराजनीतिक अनिश्चितताबाट सुनलाई निरन्तर फाइदा पुगेको छ ।

जसका कारण सन् २०२४ को पहिलो ६ महिनामा सुन विश्वको दोस्रो उत्कृष्ट प्रदर्शन गर्ने सम्पति वर्ग बन्न पुगेको काउन्सिलले जनाएको छ । यसअवधिमा सुनको भाउ १२.७४ प्रतिशतले बढेको थियो भने पहिलो स्थानमा रहेको अमेरिकी स्टकको भाउ १५.६४ प्रतिशतले बढेको थियो । यता, सन् २०२४ को दोस्रा ६ महिनाको सुरुवात अर्थात जुलाई महिनामा पनि सुन र अमेरिकी स्टकहरुको भाउ निरन्तरजसो बढी नै रहेको छ ।

सुनको प्रदर्शनले उदीयमान बजारहरुको प्रदर्शनलाई पनि पछि पारेको हो । उदीयमान बजारहरुको स्टकको मूल्य भने यस अवधिमा ८.४५ प्रतिशतले बढेको छ । न्यून तर अझै असहज मुद्रास्फीतिको बीच लगानीकर्ताहरु ब्याजदर कटौतीको लागि उत्सुक देखिँदा सुनको भाउमा सकारात्मक असर परेको हो । यस वर्षको दोस्रो ६ महिनाको अवधिमा ब्याजदर कटौती हुने पूर्वानुवानका कारण पहिलो ६ महिनामा सुनको भाउमा उल्लेख्य वृद्धि भएको काउन्सिलले जनाएको छ ।

यसले नै सुनको भाउलाई आगामी दिनमा डोहोर्याउनसक्ने देखिएको छ । विश्व अर्थतन्त्र र सुनले पनि अहिले उत्प्रेरकको खोजी गरिरहेको काउन्सिलको भनाई छ । र त्यो उत्प्रेरकको काम विकसित बजारहरुमा कटौती हुने ब्याजदरले गर्न सक्ने अनुमान छ । ब्याजदर कटौती भएमा पश्चिमा राष्ट्रहरुको लगानी पनि सुनमा जाने र भाउ थप बढ्न सक्ने अनुमान गरिएको छ । यद्दपि, केन्द्रीय बैंकको मागमा ठूलो गिरावट वा एसियाली लगानीकर्ताहरुले प्रोफिट बुक गर्दा सुनको प्रदर्शनमा कमी आउन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 July 2024
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित