आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै : Icon Khabar

काठमाडौं, साउन ६ । आज असार शुक्ल पूर्णिमा अर्थात आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान–भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । आज साउन ६ गते आइतवार नै पूर्णिमा व्रतसमेत परेको छ । यो व्रतमा चन्द्रमाको पूजा गरिन्छ र चन्द्रमाको पूजा सन्ध्याकालमा गरिने परम्परा छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

गुरु पूर्णिमाको अवसरमा आज देशभरीका विद्यालय तथा अधिकांश शैक्षिक प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने प्रचलन छ ।

गुरु पूर्णिमाको पर्वले विद्यार्थी तथा शिक्षकबीचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ । संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशमा पनि समेटिएको छ, यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञानताको अन्धकार हटाउने व्यक्ति हो भनी व्याख्या गरिएको छ ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2024
Website | + posts




ताजा
मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घट्यो
आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने
बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेको निधन
चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको महसुल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)