आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै : Icon Khabar

काठमाडौं, साउन ६ । आज असार शुक्ल पूर्णिमा अर्थात आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान–भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । आज साउन ६ गते आइतवार नै पूर्णिमा व्रतसमेत परेको छ । यो व्रतमा चन्द्रमाको पूजा गरिन्छ र चन्द्रमाको पूजा सन्ध्याकालमा गरिने परम्परा छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

गुरु पूर्णिमाको अवसरमा आज देशभरीका विद्यालय तथा अधिकांश शैक्षिक प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने प्रचलन छ ।

गुरु पूर्णिमाको पर्वले विद्यार्थी तथा शिक्षकबीचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ । संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशमा पनि समेटिएको छ, यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञानताको अन्धकार हटाउने व्यक्ति हो भनी व्याख्या गरिएको छ ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्व वेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

Published Date: 21 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड