काठमाडौं, माघ २० । रिलायन्स लाइफ र सानिमा लाइफले आफ्नो साधारण सभा आगामी फागुन १२ गते गर्ने भएको छ। मर्जरको प्रस्तावसहित दुबै कम्पनीले एकै दिन फागुन १२ गतेका लागि साधारण सभा तय गरेको हो।
आगामी चैत्र महिना भित्र एकिकृत कारोबार गर्ने हिसाबले मर्जर प्रक्रिया अघि बढाएका छन् । मर्जर पछि कम्पनीको एकिकृत नाम सानिमा रिलायन्स लाइफ हुनेछ। सिईओमा हाल रिलायन्सका सिईओ राकेश पोखरेललाई बनाउने अनौपचारिक समझदारी बनेको छ ।
साधारण सभाका लागि दुबै कम्पनीले माघ २९ गते बुक क्लोज गर्दै छन् ।
Published Date: 03 February 2023