पाटन उच्च अदालतको आदेशपछि न्यूरोडमा पुन: फुटपाथ विस्तार

पाटन उच्च अदालतको आदेशपछि न्यूरोडमा पुन: फुटपाथ विस्तार : Icon Khabar

काठमाडौं, साउन २ । पाटन उच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले पुनः न्यूरोडमा (सडक पेटी) फुटपाथ विस्तार अघि बढाएको छ ।

आज बिहानैबाट महानगरले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि काम फेरि सुरु भएको हो ।

यसअघि महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौंको हस्तक्षेपका कारण रोकिएको थियो ।

तर, उच्च अदालतले फुटपाथ विस्तार रोक्ने सडक डिभिजनको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि महानगरलाई फुटपाथ विस्तार गर्ने बाटो खुलेको हो ।यसअघि नयाँ सडक क्षेत्रलाई पैदलमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत जेठ ११ गतेदेखि काम थालेको थियो ।

उक्त काममा जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौंले हस्तक्षेप गरेको थियो । त्यसपछि डिभिजन सडक कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी २ वटा पत्र पठाएको थियो ।

डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 July 2024
Website | + posts