असार अन्तिममा ख्वप फुटसलमा गोलको वर्षा

मैत्रीपूर्ण फ़ुटसल प्रतियोगिता सम्पन्न

असार अन्तिममा ख्वप फुटसलमा गोलको वर्षा : Icon Khabar

भक्तपुर, साउन १ । कोरा भक्तपुर २०२४ को प्रचारार्थ भक्तपुर फुुटबल क्लब तथा साइकल कनेक्ट भक्तपुरबीच भएको मैत्रीपुर्ण फुुुटसल खेेलमा गोलको वर्षा भएको छ।

भक्तपुर एफ सीको आमन्त्रणमा खेेलिएको उक्त फुुटसल खेेल निक्कै रोमाञ्चक भएको थियो।

यस मैत्रीपुर्ण फुटसल खेलमा कोरा भक्तपुरको प्रमोसन र सपोर्ट गर्ने हेतुले नेपाली राष्ट्रिय फुटबल टिमका पुर्ब भाइस कप्तान राजु तामाङ्ग, राष्ट्रिय प्रशिक्षकहरु मेघराज के. सि , उज्वल मानन्धर , जीवन सिन्केमान, गङ्गाराम देउजा, लगाएत हालको नेपाली राष्ट्रिय टिमका सदस्यहरुले पनि भक्तपुर एफ सिको तर्फबाट खेलेका थिए ।

यता साइकल कनेक्ट भक्तपुरको तर्फबाट बिकेश मानन्धर, नितिश सिल्पकार, सुदिप बाला, सनिल पक्का, अनिश खागी, सुधिर पराजुली, प्रज्जवल प्रजापति, रेबिन गोसाइ, छिनमय मिश्रले खेेलेका थिए।

पहिलो हाफमा ६-२ ले पछि परेको साइकल कनेक्ट भक्तपुरको तर्फबाट दोस्रो हाफमा राम्रो कमब्याक भएपनि खेेल जित्न भने पर्याप्त भएन।

अन्तिम सिठी बज्दा यस मैत्रीपूर्ण खेेलमा साइकल कनेक्ट भक्तपुरको ९ गोल र भक्तपुर एफ सीको १० गोल भएको थियो। विजेतालाई कप सहित मेडलको व्यवस्था गरिएको थियो भने उपविजेतालाई पनि सिल्भर मेडल प्रदान गरिएको थियो।

Published Date: 16 July 2024


ताजा
दुई दिनको बिदाले अस्पतालमा बढायो बिरामीको चाप, भक्तपुर अस्पतालको टिकट काउन्टरमै तनाव
नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार
देशभर मनसुन सक्रिय: हिमाली क्षेत्रमा हिमपात, धेरैजसो प्रदेशमा भारी वर्षाको सम्भावना
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु