मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द हुने

मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द हुने : Icon Khabar

काठमाडौँ, असार ३१ । मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ ।

नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिए ।

उनका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ ।

मनकामना केबलकारले एक महिना अगाडी नै सूचना निकालेर यात्रुलाई अवगत गराएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
Published Date: 15 July 2024
Website | + posts