साइकल संस्कृतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

साइकल गतिविधिमा बौद्धिक आयामबाट पनि बहस हुनुपर्ने

साइकल संस्कृतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार ३१ । “भक्तपुरमात्र नभएर मानव सभ्यताको विकासमा साइकलको विषेश योगदान रहेको र साइकल संस्कृतिको विषयमा घर, परिवार, विद्यालय र समाजको विभिन्न तह तप्कामा छलफल र बहस हुनुपर्छ।

अरू साधनले मानिसलाई अल्छि बनाउँदै लगेको तर साइकलले मानिसलाई सधैं फुर्तिलो र कर्मशील बनाउने र सकृय समाज निर्माण गर्न मद्दत गर्दछ।

साइकलमा एउटा सामान्य साधन जस्तो देखिए पनि यसमा जीवन दर्शन देखिन्छ र राजनैतिक दर्शनको आखाँबाट नियाल्दा साइकललाई समाजवादको प्रतिकको रूपमा पनि व्याख्या गर्न सकिन्छ। ”

उक्त विचार साइकल कनेक्ट भक्तपुरद्वारा आइतबार बाल बिकास स्कुल हलमा आयोजना गरेको “साइकल संस्कृति बारे अन्तरक्रिया” कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले ब्यक्त गरे।

सो कार्यक्रममा विशेष अतिथी भक्तपुर वडा नं ८ का अध्यक्ष श्री कृष्ण प्रसाद कोजूले सवारि साधनको ध्वनी धुवा र कम्पनबाट वातावरण प्रदुषित बनाइ यहाँको सांस्कृतिक सम्पदामा समेत मन्द विषको रूपमा क्षति पुराइरहेकोले साइकल संस्कृतिको प्रवर्धन यसको उचित विकल्प हुन सक्ने तर्फ औल्याए ।

यस अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी गराइ सहजकर्ता आर्किटेक्ट रोजिता शर्माद्वारा प्यानल डिस्कसन सञ्चालन गरेका थिए ।

उक्त प्यानल डिस्कसनमा दिगो प्रविधी मैत्री उद्यमी तथा नेपाल इको प्यानलका कार्यकरी निर्देशक श्री कृष्णभक्त दुवालले साइकल संस्कृतिलाई दिगो बनाउन साइकललाई उद्यमशीलता सँग जोड्न सक्नुपर्ने र अहिले विभिन्न डिजिटल व्यवसाय तथा स्वास्थ क्रियाकलापको रूपमा साइकलले पुनः आफ्नो स्थान बनाउन सफल हुनु सकारात्मक संकेत रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा वातावरणविद् कमलराज गोसाईंले साइकल संस्कृतिको विकास गर्न साइकललाई दैनिक जीवनसगँ जोड्न पर्ने र धेरै जनाले नियमित साइकलिङ गरे यसले वातावरणमा निक्कै सकारात्मक असर हुने विचार व्यक्त गरे।

के हाम्रा विद्यालयहरू साइकल मैत्री छन् त भन्ने प्रश्नमा ख्वप कलेजमा प्राध्यपक श्री कमिनिका न्याईच्याईले हालको लागि यसको उत्तर सकारात्मक नरहेको र यसको मुख्य कारण सडक सुरक्षासगँ जोडिएको कुरा इंकित गरे।

साइकल मैत्री सुरक्षित सडक नबनेसम्म विद्यार्थीहरूलाई अविभावकले ढुक्क तरिकाले साइकलमा विद्यालय पठाउन नसक्ने उनको धारणा थियो।

विद्यालय तथा कर्मथलोमा साइकलको प्रयोग बढाउन प्रोत्साहनका विभिन्न उपाय अपनाउनु पर्ने बारे विचार राखे ।

छोरीले साइकल चलाएको देखेर रहर पलाउँदा छोरीसगैं साइकलमा घुम्न जान साइकलिङ मैँचा कार्यक्रममा साइकल सिकेको र नियमित डायलाइसिस गराउने शिलशिलामा डाक्टरको सल्लाह लिएर कोरा भक्तपुर ५० कि.मी को चुनौती सफलता पुर्वक पुरा गरेको हर्ष व्यक्त गर्दै केही काम गर्न उच्च मनोबल र इच्छाशक्तिको आवश्यक रहने बताए।

अर्का प्यानलिष्ट हाड तथा नशा रोग विषेशज्ञ डा. निरब कायस्थले साइकल चलाउँदा शारिरिक स्फुर्ति सगैँ मानसिक तनावपनि कम हुने तर अहिलेकै शहरी संरचनामा धेरै टाढासम्म नियमित साइकल चलाउनु साइकल चालकको सुरक्षाको हिसाबले चुनौतीपुर्ण रहेकोले साइकल कनेक्ट भक्तपुरले गरिरहेको कार्यको तारिफ गरे।

सांस्कृतिक पर्यटनको केन्द्र भक्तपुरमा बढिरहेको साइकलिङ गतिविधिले भक्तपुरमा साहसिक अथवा मनोरन्जनात्मक साइकलिङले पर्यटन क्षेत्रमा थप टेवा पुर्याउन सक्ने देखिएको र भक्तपुरमा रहेका होटलहरूले कम्तिमा ४-५ वटा साइकल राखे यसले व्यवसायिक रूपमा फाइदा हुने विचार भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश राज शर्माले व्यक्त गरे ।

प्यानल डिस्कसनकै क्रममा ९०० भन्दा धेरै लघुउद्दमीहरूको छाता संगठन भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले मासिक लाखौं आम्दानी हुने पुर्ख्यौली पेशा र घरेलु उद्योगमा नयाँ पुस्तालाई आकर्षण गर्न युवाहरूको नेतृत्व रहेको साइकल कनेक्ट भक्तपुरले आयोजना गर्न लागेको कोरा भक्तपुर २०२४ कै शिलशिलामा “गो लोकल मेला” आयोजना गरी भक्तपुरका स्थानिय प्रविधि, स्थानिय उत्पादन तथा स्थानिय परिकारको प्रवर्धन गर्न लागिएको र यसको मुख्य उदेश्य युवाहरूलाई स्वदेशमा नै अवसरहरू सृजना गर्न प्रोत्साहन गर्ने रहेको बताए ।

उक्त कार्यक्रममा साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले विगत ४ वर्ष देखि निरन्तर गतिविधिहरू गर्दै भक्तपुरमा साइकल प्रति आकर्षण सृजना गर्न सफल भएको र यो वर्ष बौद्धिक विमर्शसहित साइकल संस्कृतिलाई थप विस्तारित गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रममा बिकेश थुसाले साइकल कनेक्ट भक्तपुरको परिचय तथा सुनिल ख्याजूले कोरा भक्तपुर २०२४ बारे जानकरी दिएका थिए भने सुसन चक्रधर र जीवन वातांकक्षीले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2024
Website | + posts