सडक डिभिजनको इन्जिनियर हुँ भनि रकम ठगी गर्ने पक्राउ

सडक डिभिजनको इन्जिनियर हुँ भनि रकम ठगी गर्ने पक्राउ : Icon Khabar

काठमाडौं, असार २८ । प्रहरीले ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका-१ घर भई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २७ वर्षीय नरेन्द्र साउद रहेका छन् ।

उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साउदले आफूलाई सडक डिभिजनको इन्जिनियर हुँ भनि सामाजिक सञ्जाल मार्फत महिलाहरूसँग चिनजान गर्ने र प्रेम तथा विवाहको प्रलोभन देखाई रकम ठगी गर्ने गरेको बताइएको छ ।

आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको भन्दै उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । साउदलाई आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Published Date: 12 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु