सडक डिभिजनको इन्जिनियर हुँ भनि रकम ठगी गर्ने पक्राउ

सडक डिभिजनको इन्जिनियर हुँ भनि रकम ठगी गर्ने पक्राउ : Icon Khabar

काठमाडौं, असार २८ । प्रहरीले ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका-१ घर भई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २७ वर्षीय नरेन्द्र साउद रहेका छन् ।

उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । साउदले आफूलाई सडक डिभिजनको इन्जिनियर हुँ भनि सामाजिक सञ्जाल मार्फत महिलाहरूसँग चिनजान गर्ने र प्रेम तथा विवाहको प्रलोभन देखाई रकम ठगी गर्ने गरेको बताइएको छ ।

आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको भन्दै उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । साउदलाई आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता