गत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु

गत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, असार २८ । विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११, म्याग्दी दुई, चितवनमा एक जना गरी १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

साथै काठमाडौँबाट गौर र वीरगञ्जबाट काठमाडौँ आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेका यात्रुहरुको खोजी जारी रहेको पनि उनले बताए ।

उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवम् स्थनीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे ।

मन्त्रालयका सचिव अर्यालले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे। उनले सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2024
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता