गत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु

गत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु : Icon Khabar

काठमाडौँ, असार २८ । विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।

छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११, म्याग्दी दुई, चितवनमा एक जना गरी १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

साथै काठमाडौँबाट गौर र वीरगञ्जबाट काठमाडौँ आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेका यात्रुहरुको खोजी जारी रहेको पनि उनले बताए ।

उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सरकार एवम् स्थनीय सरकारले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरे ।

मन्त्रालयका सचिव अर्यालले टिकट नलिइकन यात्रा गर्न नदिन र यात्रुले पनि टिकट नलिकन यात्रा नगर्न आग्रह गरे। उनले सुरक्षा बलले पनि बसहरुको विभिन्न ठाउँमा चेकजाँच गर्न आग्रह गरे ।

Published Date: 12 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु