प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाएनन् विश्वासको मत

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाएनन् विश्वासको मत : Icon Khabar

काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एक जना सांसद तटस्थ बसे । प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ ।

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।  १८ महिनाको अवधिमा उनले पाँचौं पटक विश्वासको मत लिए ।  अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन् । नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ गते सत्ता सहकार्यको सहमति गरेका थिए । जसअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने नेताहरु बताउँछन् ।

Published Date: 12 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास