प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाएनन् विश्वासको मत

प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाएनन् विश्वासको मत : Icon Khabar

काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एक जना सांसद तटस्थ बसे । प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ ।

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

सो मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको छ ।  १८ महिनाको अवधिमा उनले पाँचौं पटक विश्वासको मत लिए ।  अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन् । नेपाली कांग्रेस र नेकपा एमालेले असार १७ गते सत्ता सहकार्यको सहमति गरेका थिए । जसअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने नेताहरु बताउँछन् ।

Published Date: 12 July 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक