नारायणगढ-मुग्लिन सडक पहिरो: बेपत्ताको खोजी जारी

नारायणगढ-मुग्लिन सडक पहिरो: बेपत्ताको खोजी जारी : Icon Khabar

काठमाडौँ, असार २८ । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । शुक्रवार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग ईन्चार्ज प्रेम साह कानूले बताए ।

वीरगञ्जबाट काठमाडौ जाने क्रममा बस पहिरोमा परेर बगेको हो । पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा लिको बस नं प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए । यात्रुहरु पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरको बुकिंग इन्चार्ज प्रेम साह कानूले बताए ।

उनले भने, ‘अनुसार हिजो हामीले गाडि बुकिंग गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौंको लागि पठायौं आज बिहान ४ बजे आफूलाई गाडि दुर्घटनामा परेको जानकारी भयो । हामीले चालक लगायत गाडीमा सवार सबै लाई फोन गर्दैछाैं कतिको फोनको घण्टी बज्दैछ तर उठिरहेको छैन, हामी पनि यस घटनाले दुःखी छाैं ।’

बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको बताए । चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताए ।

यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० जना बढी यात्रुहरु सवार रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरिरहेको छ ।

Published Date: 12 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड