नारायणगढ-मुग्लिन सडक पहिरो: बेपत्ताको खोजी जारी

नारायणगढ-मुग्लिन सडक पहिरो: बेपत्ताको खोजी जारी : Icon Khabar

काठमाडौँ, असार २८ । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । शुक्रवार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा पर्साको १७ जना नेपाली र ७ भारतीय रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरका बुकिंग ईन्चार्ज प्रेम साह कानूले बताए ।

वीरगञ्जबाट काठमाडौ जाने क्रममा बस पहिरोमा परेर बगेको हो । पर्साको रंगपुरबाट खुल्ने एञ्जल डिलक्स प्रा लिको बस नं प्र०३००६ ख १५१६ मा पर्सा र भारतका गरी कुल २४ जना यात्रु सवार थिए । यात्रुहरु पर्साको रंगपुरबाट ९ जना वीरगञ्ज बसपार्कबाट भारतीय र नेपाली गरी १२ जना, १ जना सवारी चालक २ जना सहचालक रहेको एञ्जल डिलक्स वीरगञ्ज काउन्टरको बुकिंग इन्चार्ज प्रेम साह कानूले बताए ।

उनले भने, ‘अनुसार हिजो हामीले गाडि बुकिंग गरी वीरगञ्जबाट राति ८ बजे काठमाडौंको लागि पठायौं आज बिहान ४ बजे आफूलाई गाडि दुर्घटनामा परेको जानकारी भयो । हामीले चालक लगायत गाडीमा सवार सबै लाई फोन गर्दैछाैं कतिको फोनको घण्टी बज्दैछ तर उठिरहेको छैन, हामी पनि यस घटनाले दुःखी छाैं ।’

बसमा चालक र केही यात्रु स्थानीय समेत रहेको बताए । चालक वीरगञ्ज नगवा निवासी हुन् भने अन्यको बारेमा जनाकारी लिने कार्य हुँदै गरेको कानूले बताए ।

यता, काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स पनि पहिरोमा बगेको छ । दुवै बसमा गरी ६० जना बढी यात्रुहरु सवार रहेको प्रहरीले बताएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 July 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने