सुनको मूल्य हाल सम्मकै उच्च, प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम

सुनको मूल्य हाल सम्मकै उच्च, प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम : Icon Khabar

काठमाडौँ, असार २८ । आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत असार २३ गते सुनको मूल्य हालसम्म महङ्गो भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 12 July 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड