भारतमा पछिल्लो २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु : Icon Khabar

नयाँदिल्ली, असार २७ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका छ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।

बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

राहत र उद्धार टोलीले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ ।

मनसुनी भारी वर्षाले भारतको उत्तरपूर्वी राज्य आसाममा पूर्ण बाढी बाहेक देशका धेरै राज्यमा जल तथा बाढीजन्य अवस्थाहरू निम्त्याएको छ । – रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 July 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित