बढी पहिरोको जोखिमबाट जोगिन मौसम विभागको आग्रह

बढी पहिरोको जोखिमबाट जोगिन मौसम विभागको आग्रह : Icon Khabar

काठमाडौँ, असार २१ । जल तथा माैसन पुर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशभरजसाे नै मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशकाे दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेकाे छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

खासगरी, कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुुई स्थानमा भारी देखि धेरै भारी बर्षाको सम्भावमा रहेको महाशाखाले जनाएकाे छ । ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न जल तथा माैसम विभाग अन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

यतिबेला देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। शुक्रबार कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज राती सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

यसैगरी, आइतबारसम्म कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुुई स्थानमा भारी देखि धेरै भारी बर्षाको सम्भावमा रहेको भन्दै महाशाखाले सचेत गराएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1
Published Date: 05 July 2024
Website | + posts