सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित : Icon Khabar

काठमाडौं, असार २१ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो ।

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि-२०आईमा १०० विकेट लिएका बधाई दिदाँ जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म केन्द्रीय सम्झौतामा राखिएको छ ।

बलात्कारी मुद्दामा दोषी ठहर भएसँगै निलम्बनमा परेका सन्दिपले सफाई पाएपछि क्यानले जेठ २ गते उनको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा भएसँगै अमेरिकाको भिसा नपाएपनि उनले वेस्ट इन्दिजमा नेपालले खेलमा आइसिसी टि-२० विश्वकप अन्तर्गतका दक्षिण अफ्रिका र बंगलादेश विरुद्धका खेलहरु खेलेका थिए ।

उनलाई क्यानले घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिता झेल्न नपाउनेगरी गत पुस २६ गरे निलम्बन गरेको थियो । निलम्बनमा रहेका कारण उनी सेन्ट्रल कन्ट्रयाक्टको सूचीमा रहेका थिएनन् ।

यस्तै क्यानले केन्द्रीय सदस्य समेत रहेका छुम्बी लामालाई प्रवक्ता समेत नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 05 July 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू