सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित : Icon Khabar

काठमाडौं, असार २१ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो ।

सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि-२०आईमा १०० विकेट लिएका बधाई दिदाँ जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म केन्द्रीय सम्झौतामा राखिएको छ ।

बलात्कारी मुद्दामा दोषी ठहर भएसँगै निलम्बनमा परेका सन्दिपले सफाई पाएपछि क्यानले जेठ २ गते उनको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा भएसँगै अमेरिकाको भिसा नपाएपनि उनले वेस्ट इन्दिजमा नेपालले खेलमा आइसिसी टि-२० विश्वकप अन्तर्गतका दक्षिण अफ्रिका र बंगलादेश विरुद्धका खेलहरु खेलेका थिए ।

उनलाई क्यानले घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिता झेल्न नपाउनेगरी गत पुस २६ गरे निलम्बन गरेको थियो । निलम्बनमा रहेका कारण उनी सेन्ट्रल कन्ट्रयाक्टको सूचीमा रहेका थिएनन् ।

यस्तै क्यानले केन्द्रीय सदस्य समेत रहेका छुम्बी लामालाई प्रवक्ता समेत नियुक्त गरेको छ ।

Published Date: 05 July 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली