लागूपदार्थ विरुद्वको सचेतनाका कुरा विद्यालय तहका पाठ्यपुस्तकहरुमा समावेश गरेका छौं: शिक्षा मन्त्री श्रेष्ठ

लागूपदार्थ विरुद्वको सचेतनाका कुरा विद्यालय तहका पाठ्यपुस्तकहरुमा समावेश गरेका छौं: शिक्षा मन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, असार १२ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागूपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने बताएकी छिन्।

बुधबार लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताएकी हुन्।

उनले लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार गर्न नहुने सचेतना फैल्याउने विषय पाठ्यक्रमहरूमा समावेश नभएको भन्दै मन्त्रालयले समाजसँग पाठ्यक्रम भनेर सो अभियान सुरु गरेको बताईन् । उनले पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गरी सचेत गराउन आवश्यक रहेको बताईन्।

मन्त्री श्रेष्ठले डिग्नेफाइट अफ मेन्सुरेशन र मेन्टल हेल्थमा पनि काम गर्न आवश्यक रहेको जिकिर गरीन् । लागूऔषध दुरुपयोगमा फसेकाहरूको अभिमुखीकरण गर्ने थेरापिष्टहरुलाई लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताईन् । उनले नेपालमा अहिले थेरापिष्ट (काउन्सिलरहरु) का लागि लाइसेन्सको प्रावधान नभएको बताईन्।

Published Date: 26 June 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता