एआईले नबनाएका ‍फोटोमा पनि ‘मेड विथ एआई’ को लेबल आएपछि मेटाको आलोचना

एआईले नबनाएका ‍फोटोमा पनि ‘मेड विथ एआई’ को लेबल आएपछि मेटाको आलोचना : Icon Khabar

काठमाडौं, असार ९ । एआईले नबनाएका ‍फोटोमा पनि ‘मेड विथ एआई’ को लेबल प्रयोग भएको भन्दै मेटाको आलोचना भएको छ ।

यसको एउटा उदाहरण कोलकता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल) जितेको फोटोमा पनि सो लेबल देखिनु हो । जुन अझै पनि केकेआरको इन्स्टाग्राम पोस्टमा देख्न सकिन्छ ।

विशेष गरेर साधारण एडिट गर्दा पनि फोटोमा देखिने मेटाको गलत लेबलिङबारे फोटोग्राफरहरूले चिन्ता व्यक्त गरेका छन् । फोटोग्राफरहरूले एडोबीको जेनेरेटिभ एआई फिल जस्ता टुल प्रयोग गर्दा सो लेबल देखिने बताएका छन् । यद्यपि मेटाले फोटो एडिट गर्न एआई प्रयोग गरिएको अथवा एआईबाट बनाइएको भनेर छुट्टै लेबल दिँदैन । यसले गर्दा फोटोबारे भ्रम निम्त्याइरहेको उनीहरूको भनाइ छ ।

अर्कोतर्फ एआईबाट बनाइएका कतिपय फोटोमा सो लेबल गरिएको देखिँदैन । यसले गर्दा पनि धेरै फोटोग्राफरहरूले यो फिचरको आलोचना गरेका हुन् । यद्यपि यो एआई लेबल मोबाइल एपहरूमा मात्र देखिन्छ । तपाईंले वेब प्लेटफर्महरूमा देख्न सक्नुहुन्न ।

Published Date: 23 June 2024
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता