एआईले नबनाएका ‍फोटोमा पनि ‘मेड विथ एआई’ को लेबल आएपछि मेटाको आलोचना

एआईले नबनाएका ‍फोटोमा पनि ‘मेड विथ एआई’ को लेबल आएपछि मेटाको आलोचना : Icon Khabar

काठमाडौं, असार ९ । एआईले नबनाएका ‍फोटोमा पनि ‘मेड विथ एआई’ को लेबल प्रयोग भएको भन्दै मेटाको आलोचना भएको छ ।

यसको एउटा उदाहरण कोलकता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल) जितेको फोटोमा पनि सो लेबल देखिनु हो । जुन अझै पनि केकेआरको इन्स्टाग्राम पोस्टमा देख्न सकिन्छ ।

विशेष गरेर साधारण एडिट गर्दा पनि फोटोमा देखिने मेटाको गलत लेबलिङबारे फोटोग्राफरहरूले चिन्ता व्यक्त गरेका छन् । फोटोग्राफरहरूले एडोबीको जेनेरेटिभ एआई फिल जस्ता टुल प्रयोग गर्दा सो लेबल देखिने बताएका छन् । यद्यपि मेटाले फोटो एडिट गर्न एआई प्रयोग गरिएको अथवा एआईबाट बनाइएको भनेर छुट्टै लेबल दिँदैन । यसले गर्दा फोटोबारे भ्रम निम्त्याइरहेको उनीहरूको भनाइ छ ।

अर्कोतर्फ एआईबाट बनाइएका कतिपय फोटोमा सो लेबल गरिएको देखिँदैन । यसले गर्दा पनि धेरै फोटोग्राफरहरूले यो फिचरको आलोचना गरेका हुन् । यद्यपि यो एआई लेबल मोबाइल एपहरूमा मात्र देखिन्छ । तपाईंले वेब प्लेटफर्महरूमा देख्न सक्नुहुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2024
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने