गीतिसंग्रह ‘लयको तरेलीमा’ सार्वजनिक

गीतिसंग्रह ‘लयको तरेलीमा’ सार्वजनिक : Icon Khabar

काठमाडौं, असार ९ । एकाइस जना गीतकारहरुको सामूहिक गीतिसंग्रह ‘लयको तरेलीमा’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

भक्तपुर सल्लाघारीस्थित मोर्डन कलेजको सभाहलमा भएको एक समारोहमा कथाकार ध्रुव मधिकर्मी, गीतकार सुवासचन्द्र ढुङ्गेल, सांगीतिक समाजका अध्यक्ष अल्वर्ट बज्राचार्य, संगीतकार सन्तोष श्रेष्ठ र गीतकार हरिकृष्ण बखुन्छेले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गरेका हुन् ।

सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा संग्रहका सम्पादक ध्रुव मधिकर्मीले गीत सुन्ने विषय भए पनि पठनका माध्यमबाट पनि गीतमा भएको शब्द भाव, लय र संवेदनालाई अनुभूत गर्नुपर्छ भने ।

वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले राम्रो संगीत र स्वरले गीतको प्रभावकारितालाई अझ व्यापक बनाउँछ भन्दै दृश्य पनि पाएको हाम्रो माया बोलको गीतले दर्शकलाई आकर्षित गर्ने बताए ।

संगीतकार सन्तोष श्रेष्ठले एउटा गीतलाई गीतकारले जति महत्व दिन्छ संगीतकारले पनि उत्तिकै मेहनतपूर्वक संगीत दिने कार्य गर्ने बताए ।

कार्यक्रममा गीतकार त्रिविक्रम पाण्डे, शमशेरबहादुर न्हुछेप्रधान, राजेशमान केसी, हरिकृष्ण बखुन्छे र टीका श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गीतकार हरिकृष्ण बखुन्छेद्धारा रचित हाम्रो माया दुनियाँले देख्नुपर्छ र ? बोलको गीतको दृश्यांकन पनि सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायिका सुमन मानन्धर र संगीतकार संतोष श्रेष्ठले स्वर दिनुका साथै अभिनय समेत गरेका थिए ।

सिर्जना अभियान समाजबाट प्रकाशित लयको तरेलीमा शिव मुनंकर्मी, ध्रुव जोन्छे, हरि थापा, प्रमोद भट्टराई, विश्व कायस्थ, ध्रुव मधिकर्मी, सुवासचन्द्र ढुङ्गेल, शेखर ढुङ्गेल, सुरेन्द्रलाल भुजू , राजेन्द्र चित्रकार, राजेशमान केसी, शमशेरबहादुर न्हुछेप्रधान, नरेन्द्र जोशी, रघुराम न्यौपाने, रत्न प्रजापति, त्रिविक्रम पाण्डे, हरिकृष्ण बखुन्छे, तुलसी घेमोसु , इन्दिरा चापागाइँ, सचिता कर्माचार्य र रञ्जना न्यौपानेका पाँच पाँचवटा गीत राखिएका छन् ।

Published Date: 23 June 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी