गीतिसंग्रह ‘लयको तरेलीमा’ सार्वजनिक

गीतिसंग्रह ‘लयको तरेलीमा’ सार्वजनिक : Icon Khabar

काठमाडौं, असार ९ । एकाइस जना गीतकारहरुको सामूहिक गीतिसंग्रह ‘लयको तरेलीमा’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

भक्तपुर सल्लाघारीस्थित मोर्डन कलेजको सभाहलमा भएको एक समारोहमा कथाकार ध्रुव मधिकर्मी, गीतकार सुवासचन्द्र ढुङ्गेल, सांगीतिक समाजका अध्यक्ष अल्वर्ट बज्राचार्य, संगीतकार सन्तोष श्रेष्ठ र गीतकार हरिकृष्ण बखुन्छेले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गरेका हुन् ।

सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा संग्रहका सम्पादक ध्रुव मधिकर्मीले गीत सुन्ने विषय भए पनि पठनका माध्यमबाट पनि गीतमा भएको शब्द भाव, लय र संवेदनालाई अनुभूत गर्नुपर्छ भने ।

वरिष्ठ गीतकार सुवासचन्द्र ढुङ्गेलले राम्रो संगीत र स्वरले गीतको प्रभावकारितालाई अझ व्यापक बनाउँछ भन्दै दृश्य पनि पाएको हाम्रो माया बोलको गीतले दर्शकलाई आकर्षित गर्ने बताए ।

संगीतकार सन्तोष श्रेष्ठले एउटा गीतलाई गीतकारले जति महत्व दिन्छ संगीतकारले पनि उत्तिकै मेहनतपूर्वक संगीत दिने कार्य गर्ने बताए ।

कार्यक्रममा गीतकार त्रिविक्रम पाण्डे, शमशेरबहादुर न्हुछेप्रधान, राजेशमान केसी, हरिकृष्ण बखुन्छे र टीका श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा गीतकार हरिकृष्ण बखुन्छेद्धारा रचित हाम्रो माया दुनियाँले देख्नुपर्छ र ? बोलको गीतको दृश्यांकन पनि सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायिका सुमन मानन्धर र संगीतकार संतोष श्रेष्ठले स्वर दिनुका साथै अभिनय समेत गरेका थिए ।

सिर्जना अभियान समाजबाट प्रकाशित लयको तरेलीमा शिव मुनंकर्मी, ध्रुव जोन्छे, हरि थापा, प्रमोद भट्टराई, विश्व कायस्थ, ध्रुव मधिकर्मी, सुवासचन्द्र ढुङ्गेल, शेखर ढुङ्गेल, सुरेन्द्रलाल भुजू , राजेन्द्र चित्रकार, राजेशमान केसी, शमशेरबहादुर न्हुछेप्रधान, नरेन्द्र जोशी, रघुराम न्यौपाने, रत्न प्रजापति, त्रिविक्रम पाण्डे, हरिकृष्ण बखुन्छे, तुलसी घेमोसु , इन्दिरा चापागाइँ, सचिता कर्माचार्य र रञ्जना न्यौपानेका पाँच पाँचवटा गीत राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 June 2024
Website | + posts