जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी : Icon Khabar

तनहुँ, असार ३ । तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिए।

सो ठाउँ निवासी वर्ष ५४ को डिलबहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उनले जानकारी दिए । प्रनाउ रायका अनुसार बिरामी भएकामध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ का डिलबहादुर गुरुङ, वर्ष ५७ का मधु गुरुङको उपचार भइरहेको छ ।

यस्तै तनहुँको आबुखैरेनी अस्पतालमा वर्ष ९२ का रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ । घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जङ्गलबाट टिपेर च्याउ ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2024
Website | + posts