जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी : Icon Khabar

तनहुँ, असार ३ । तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारीले दिए।

सो ठाउँ निवासी वर्ष ५४ को डिलबहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उनले जानकारी दिए । प्रनाउ रायका अनुसार बिरामी भएकामध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ का डिलबहादुर गुरुङ, वर्ष ५७ का मधु गुरुङको उपचार भइरहेको छ ।

यस्तै तनहुँको आबुखैरेनी अस्पतालमा वर्ष ९२ का रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ । घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जङ्गलबाट टिपेर च्याउ ल्याएका थिए ।

Published Date: 17 June 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली