नेसनल प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न

नेसनल प्याब्सन भक्तपुरको शिक्षक प्रशिक्षण सम्पन्न : Icon Khabar

भक्तपुर, असार २ । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयमा अध्यापनरत २८६ जना शिक्षकहरूका लागि वृहत शिक्षक प्रशिक्षण सम्पन्न गरेको छ।

परिवर्तित कक्षा १-३ को एकीकृत पाठ्यक्रममा आधारित रहेर सदस्य विद्यालयका शिक्षकहरूलाई २०८१ जेठ ५ र १५ गते भक्तपुरमा दुई चरण गरा एकीकृत पाठ्यक्रमको सिकाई उपलब्धि सम्बन्धि प्रशिक्षण गरिएको थियो।

उक्त कक्षा १-३ को लागि प्रशिक्षकद्वय हरिहर तिमिल्सिना र हरि प्रसाद रेग्मीले सहजीकरण गरेका थिए । साथै कक्षा ४-१० को विषयगत रूपमा पाठ्यक्रम, सिकाइ उपलब्धि, आन्तरिक तथा बाह्य मूल्याङ्कन, प्रश्नपत्र निर्माण एवम् उत्तर लेखन लगायतमा नेसनल प्याब्सनका सदस्य विद्यालयका शिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो ।

२०८१ जेठ २६ गते नेपाली विषयको हरिहर तिमिल्सिनाद्वारा र विज्ञान विषयको सुशील खनालद्वारा प्रशिक्षण गरिएको थियो। त्यसै गरी २०८१ असार १ गते सामाजिक विषयको दीपक मरहठ्ठा र जीवन पन्थीले प्रशिक्षण दिएक थिए भने सोही दिन विज्ञान विषयको डा. चिन्तामणि पन्थीले शिक्षकहरूलाई सहजीकरण गर्नु भएको जानकारी नेसनल प्याब्सन भक्तपुरका सचिव कुमार थापामगरले दिए।

नेसनल प्याब्सन भक्तपुरले करिब एक महिनाको अन्तरालमा कक्षा १-३ को एकीकृत पाठ्यक्रम र कक्षा ४-१० को चारवटा विषय नेपाली, गणित, विज्ञान र सामाजिकको प्रशिक्षण गराउँदा विद्यालयमा न्यूनतम भए पनि प्रशिक्षित शिक्षकहरूले सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन सक्ने तथा यसरी प्रदान गरिएको विषयगत वृहत प्रशिक्षणले शिक्षकहरूको क्षमता अभिवृद्धि हुने नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले जानकारी दिए।

Published Date: 16 June 2024
ताजा
मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढ्यो
विश्वकप २०२६: बेल्जियमको शानदार प्रदर्शन, अमेरिकामाथि ४–१ को जितसहित क्वार्टरफाइनलमा स्पेनसँग भेट
अन्तिम समयमा मेरिनो चम्किए, पोर्चुगललाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप क्वाटरफाइनलमा
मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी