आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ३ । आज २०८१ असार ३ गते सोमबार, तद्अनुसार १७ जून २०२४ । आज जेठ शुक्ल एकादशी, परिधि वणिज चित्रा, आज निर्जला एकादशी, बक्र ईद (उल–अजहा), विश्व खडेरीविरुद्ध संघर्ष दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझ १९ः०१ बजे ।

आजको राशिफल

मेष : स्वास्थ्य कमजोर रहने छ । विवादलाई नबढाउनु होला । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

वृष: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मिथुन: कार्यस्थलमा परिवर्तनको योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता कायम रहने छ ।

कर्कट: तीर्थ दर्शनको योजना पूरा हुनेछ । सत्सङको लाभ पाइने छ । यात्राको सम्भावना छ ।

सिंह: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ, सावधान रहनु होला । कुनै पनि प्रकारको विवादमा नपर्नु होला । साथीहरुसंग समय राम्ररी बित्ने छ ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

तुला: स्थायी सम्पत्तिको कार्यले लाभ दिने छ । कुनै ठूलो समस्याको हल सहजै प्राप्त हुनेछ । भाग्य अनुकूल छ । प्रसन्नता रहने छ ।

वृश्चिक: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ । हतार नगर्नु होला ।

धनु: विवादलाई नबढाउनु होला । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर: साथीहरुलाई सहयोग गर्ने मौका प्राप्त हुनेछ । मेहनतको फल पाइने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । धन प्राप्ति सुगम हुनेछ । परिवारसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू