आज सोमबारको राशिफल

आज सोमबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ३ । आज २०८१ असार ३ गते सोमबार, तद्अनुसार १७ जून २०२४ । आज जेठ शुक्ल एकादशी, परिधि वणिज चित्रा, आज निर्जला एकादशी, बक्र ईद (उल–अजहा), विश्व खडेरीविरुद्ध संघर्ष दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझ १९ः०१ बजे ।

आजको राशिफल

मेष : स्वास्थ्य कमजोर रहने छ । विवादलाई नबढाउनु होला । व्यापार–व्यवसाय लाभप्रद रहने छ ।

वृष: डूबेको रकम प्राप्त हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । पारिवारिक सहयोग पाइने छ । प्रसन्नता रहने छ ।

मिथुन: कार्यस्थलमा परिवर्तनको योजना बन्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । प्रसन्नता कायम रहने छ ।

कर्कट: तीर्थ दर्शनको योजना पूरा हुनेछ । सत्सङको लाभ पाइने छ । यात्राको सम्भावना छ ।

सिंह: चोट अथवा दुर्घटनाबाट ठूलो हानि हुनसक्छ, सावधान रहनु होला । कुनै पनि प्रकारको विवादमा नपर्नु होला । साथीहरुसंग समय राम्ररी बित्ने छ ।

कन्या: कुनै व्यक्ति विशेषको सहयोग प्राप्त हुनेछ । व्यापार लाभदायक रहने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

तुला: स्थायी सम्पत्तिको कार्यले लाभ दिने छ । कुनै ठूलो समस्याको हल सहजै प्राप्त हुनेछ । भाग्य अनुकूल छ । प्रसन्नता रहने छ ।

वृश्चिक: रचनात्मक कार्य सफल रहने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता रहने छ । हतार नगर्नु होला ।

धनु: विवादलाई नबढाउनु होला । स्वास्थ्यमा ध्यान दिनु होला । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

मकर: साथीहरुलाई सहयोग गर्ने मौका प्राप्त हुनेछ । मेहनतको फल पाइने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्मसम्मान कायम रहने छ ।

मीन: यात्रा मनोरञ्जक रहने छ । कुनै ठूलो काम बन्नाले प्रसन्नता रहने छ । धन प्राप्ति सुगम हुनेछ । परिवारसंग समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

Published Date: 17 June 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली