इप्सन इन्टर स्कूल स्पेलिङ्ग कन्टेष्टमा भक्तपुरको युनिटी स्कुल प्रथम

इप्सन इन्टर स्कूल स्पेलिङ्ग कन्टेष्टमा भक्तपुरको युनिटी स्कुल प्रथम : Icon Khabar

भक्तपुर, जेठ ३२ । भक्तपुरमा इप्सन इन्टर स्कूल स्पेलिङ्ग कन्टेष्ट सम्पन्न भएको छ।

भक्तपुरमा इप्सन आबद्व विद्यालयहरु क्वालिटी स्कूल, सुर्योदय स्कूल, हिमाल एकेडेमी, पारिजात स्कुल, ग्लोबल एकेडेमी, सेन्ट जोन्स स्कुल, इडेन गार्डेन स्कुल, युनिटी स्कुल, बिमल मेमोरियल स्कुलले सहभागिता जनाएको सो प्रतियोगितामा कटुञ्जेमा अवस्थित युनिटी स्कुल प्रथम भएको हो।

त्यसैगरी इडेन गार्डेन स्कुल द्वितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूल सान्त्वना हुन सफल भयो। कार्यक्रममा प्रमुख अतिथि एवं इप्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले यस्ता अतिरिक्त कार्यक्रमहरुले इप्सन विद्यालयहरुमा एक रुपता ल्याउने र विद्यार्थीहरुमा थप उर्जा पुग्ने बताए।

मदरल्याण्ड स्कूलद्वारा आयोजित सो प्रतियोगिताका सभापति संजय खड्काले प्रतियोगितामा मात्रै प्रतिस्पर्धाको भावना नराखी आफ्नो ब्यक्तिगत जीवनमा पनि स्वयंम प्रतिस्पर्धाको भावना जगाउनु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2024
Website | + posts






ताजा
नीलबाराही मन्दिर परिसरमा भुक्षय रोकथामका लागि श्रमदान, हजारौंको उत्साहजनक सहभागिता
अक्सफोर्ड प्राक्टिकल स्कूलमा कक्षा ११ व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुला
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि








ट्रेन्डिङ
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?
मध्यपुर थिमिको बालकुमारी मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न