इप्सन इन्टर स्कूल स्पेलिङ्ग कन्टेष्टमा भक्तपुरको युनिटी स्कुल प्रथम

इप्सन इन्टर स्कूल स्पेलिङ्ग कन्टेष्टमा भक्तपुरको युनिटी स्कुल प्रथम : Icon Khabar

भक्तपुर, जेठ ३२ । भक्तपुरमा इप्सन इन्टर स्कूल स्पेलिङ्ग कन्टेष्ट सम्पन्न भएको छ।

भक्तपुरमा इप्सन आबद्व विद्यालयहरु क्वालिटी स्कूल, सुर्योदय स्कूल, हिमाल एकेडेमी, पारिजात स्कुल, ग्लोबल एकेडेमी, सेन्ट जोन्स स्कुल, इडेन गार्डेन स्कुल, युनिटी स्कुल, बिमल मेमोरियल स्कुलले सहभागिता जनाएको सो प्रतियोगितामा कटुञ्जेमा अवस्थित युनिटी स्कुल प्रथम भएको हो।

त्यसैगरी इडेन गार्डेन स्कुल द्वितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूल सान्त्वना हुन सफल भयो। कार्यक्रममा प्रमुख अतिथि एवं इप्सन भक्तपुरका अध्यक्ष जिबी खड्काले यस्ता अतिरिक्त कार्यक्रमहरुले इप्सन विद्यालयहरुमा एक रुपता ल्याउने र विद्यार्थीहरुमा थप उर्जा पुग्ने बताए।

मदरल्याण्ड स्कूलद्वारा आयोजित सो प्रतियोगिताका सभापति संजय खड्काले प्रतियोगितामा मात्रै प्रतिस्पर्धाको भावना नराखी आफ्नो ब्यक्तिगत जीवनमा पनि स्वयंम प्रतिस्पर्धाको भावना जगाउनु पर्ने बताए।

Published Date: 14 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु