रवि लामिछानेले सुरु गरे ‘गृहमन्त्रीलाई भन्नुस्’ सेवा, गृहसम्बद्ध गुनासा सिधै पठाउन मिल्ने

रवि लामिछानेले सुरु गरे ‘गृहमन्त्रीलाई भन्नुस्’ सेवा, गृहसम्बद्ध गुनासा सिधै पठाउन मिल्ने : Icon Khabar

काठमाडौं, जेठ ३२ । अब नागरिकले आफ्ना समस्या सिधै गृहमन्त्रीलाई सुनाउन पाउने भएका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृहको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी गराइएको हो ।

अब गृह मन्त्रालयको वेबसाइटमा वा जिल्ला प्रशासन कार्यालयहरुको वेभसाइटमा राखिएको क्यूआर कोडमार्फत सिधै गृहमन्त्रीलाई आफ्ना समस्या राख्न पाइने भएको हो । वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गर्दा आउने ‘गृहमन्त्रीलाई भन्नुस्’ फारममार्फत गृह मन्त्रालय अन्तर्गतका निकायले प्रभावकारी रुपमा काम गरेनन् भने सोझै गृहमन्त्रीले थाहा पाउनेगरी गुनासो राख्न सकिने गृहमन्त्रीले बताएका छन् ।

त्यस्तै नागरिकका लागि सिंहदरबार प्रवेश सहज गर्न आज (जेठ ३२ गते) बाटै (इ–गेट) प्रणाली आरम्भ पनि लामिछानेले जानकारी गराए । अब गृह मन्त्रालयको वेबसाइटबाट घरबाटै सिंहदरबार प्रवेशको पास लिन सकिनेछ ।

‘अब सिंहदरबार प्रवेश गर्न कसैलाई चिन्न पर्दैन’
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताएका छन् । उनले सिंहदरबार प्रवेश गर्न पहुँचवाला वा आफ्नो मान्छे भए मात्र पाउने व्यवस्था अन्त्य गर्न लागिएको बताएका छन् ।

१०० दिनको उपलब्धीबारे शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै उनले यसका लागि काम भइरहेको बताए ।

‘सिंहदबार प्रवेश गर्न अब कसैलाई चिन्नु पर्दैन । आफ्नो मान्छेभित्र भए फोन गरिर्दिएर काम गर्न पाउने, त्यसलाई अन्त्य गर्ने प्रयास हो र अहिले प्राविधिक रूपमा टेस्टमा नै छ’, उनले भने । उनले डिजिटल सेवा दिन लागिएको भन्दै केही दिनभित्रै सेवा सुरु गरिने जानकारी दिए । ‘यो लगइन गर्ने, पास गर्ने सामन्य प्रक्रिया हो । अब सिंहदरबार हर नागरिकका लागि खुला छ । कसैले रेकमेन्ड गर्नु पर्दैन, काम भएका सबै आम मान्छेका लागि सुरक्षित ढंगले खुला छ’, उनले भने ।
Published Date: 14 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु