भक्तपुरको झौरबहीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको झौरबहीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ३२ । विश्व रक्तदाता दिवस २०२४ को अवसरमा आज भक्तपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

गोर्खा चाइनिज ईटा, गोर्खा प्रि कास्ट र गोर्खा इको प्यानलको संयुक्त आयोजनामा आज भक्तपुर नगरपालिका वडा नं ७ स्थित झौरबही महाविहार परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो।

बिहान ८ बजेदेखि सुरू भएको रक्तदान कार्यक्रममा जम्मा ३७ जना रक्तदाताले रक्तदान गरेको कुरा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सुरेश कवांले आइकन खबरलाई जानकारी दिए। जसमा ३५ जना पुरुष र २ जना महिला सहभागी थिए।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोग रहेको थियो।

Published Date: 14 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु