भक्तपुरको झौरबहीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुरको झौरबहीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ ३२ । विश्व रक्तदाता दिवस २०२४ को अवसरमा आज भक्तपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

गोर्खा चाइनिज ईटा, गोर्खा प्रि कास्ट र गोर्खा इको प्यानलको संयुक्त आयोजनामा आज भक्तपुर नगरपालिका वडा नं ७ स्थित झौरबही महाविहार परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो।

बिहान ८ बजेदेखि सुरू भएको रक्तदान कार्यक्रममा जम्मा ३७ जना रक्तदाताले रक्तदान गरेको कुरा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सुरेश कवांले आइकन खबरलाई जानकारी दिए। जसमा ३५ जना पुरुष र २ जना महिला सहभागी थिए।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोग रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित