एलन मस्कले पनि एक्स फोन ल्याउने, आइफ़ोनलाई टक्कर दिने

एलन मस्कले पनि एक्स फोन ल्याउने, आइफ़ोनलाई टक्कर दिने : Icon Khabar

काठमाडौं, जेठ ३२ । एप्पलले आफ्ना डिभाइसका लागि थुप्रै एआई फिचर ल्याउने बताएपछि त्यसबारे अन्तर्राष्ट्रिय जगतमा बहस बढेको छ । ओपनएआईसँग सहकार्य गरेर कम्पनीले सिरीमा च्याटजीपीटी इन्टिग्रेट गर्ने घोषणा गरिसकेको छ । यसपछि अर्बपति उद्यमी एलन मस्क विरोधमा उत्रिएका छन् ।

मस्कले आफ्ना कम्पनीहरूमा एप्पल डिभाइस प्रतिबन्ध गर्नेदेखि कम्पनीमा आउने भिजिटरको एप्पल डिभाइस समेत बाहिर राखिदिने चेतावनी दिएका छन् । त्यति मात्र नभइ ओपनएआईले एप्पल डिभाइसका प्रयोगकर्ताको डेटा कसरी प्रयोग गर्न सक्छ भन्ने विषयको सङ्केतका रूपमा मस्कले मिम पोस्ट गरिरहेका छन् ।

गोपनीयता र सुरक्षाका सन्दर्भमा सर्वोत्कृष्ट मानिने एप्पल डिभाइसले अप्रत्यक्ष रूपमा सबै डेटा ओपनएआईलाई उपलब्ध गराउने सङ्केत दिएपछि मस्कको पछिल्लो प्रतिक्रिया आएको हो ।

हुन त मस्क आफैं पनि एआई स्टार्टअप एक्सएआईका संस्थापक हुन् । त्यसैको अर्को प्रडक्ट हो, ग्रोक । यसलाई च्याटजीपीटीको प्रतिद्वन्द्वी मान्न सकिन्छ । यद्यपि अहिले यो एक्स (पहिलेको ट्वीटर)को प्रिमियम सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाएका छन् । ग्रोकका फिचरबारे मस्क एक्समा चर्चा गरिरहेका हुन्छन् । तर, ग्रोक अझै पनि च्याटजीपीटीको स्तरमा आइसकेको छैन ।

एप्पलले ओपनएआईसँग सहकार्य गर्ने घोषणा गरेसँगै मस्कका समर्थकले उनलाई सामसङसँग सहकार्य गरेर एक्स फोन निर्माण गर्न अनुरोध गर्न थालेका छन् ।

एक एक्स प्रयोगकर्ताले पोस्टमार्फत “एक्सले सामसङसँग मिलेर एक्स फोन बनाउने भएको छ” लेखेका थिए । त्यसको रिप्लाईमा मस्कले लेखेका छन्, “कलिङ इट नाउ ।” अर्थात् उनले निकट भविष्यमा एक्स फोन बन्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

सन् २०१५ मा मस्कले साम अल्टम्यान र अन्य व्यक्तिसँग मिलेर ओपनएआई निर्माण गरेका थिए । सन् २०१८ मा उनी ओपनएआईको बोर्डबाट बाहिरिए । त्यसपछि आर्थिक रूपमा सहयोग गर्दै आएका उनी २०२२ मा च्याटजीपीटी आएपछि विरोधमा उत्रिएका छन् । त्यसमा पनि ओपनएआईलाई माइक्रोसफ्टले आर्थिक सहयोग गरिरहेको र कम्पनीलाई नाफामुखी बनाइरहेकाले मस्क ओपनएआईप्रति रुष्ट छन् ।

Published Date: 14 June 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न