सुशान्त सिंह राजपूत: निधनको आज चार वर्ष पुरा, सम्झना उस्तै

सुशान्त सिंह राजपूत: निधनको आज चार वर्ष पुरा, सम्झना उस्तै : Icon Khabar

मुम्बई, जेठ ३२ । सुशान्त सिंह राजपूतको निधन भएको आज चार वर्ष पुरा भएको छ । चार वर्षअघि १४ जूनका दिन यी प्रतिभाशाली अभिनेताले अन्तिम सास फेरेका थिए । यी अभिनेताको निधनको दुःख आज पनि उनका प्रशंसकहरुलाई उत्तिकै छ । प्रशंसकहरुले अझै पनि उनलाई बिर्सन सकेका छैनन् । आफ्नो क्षमता तथा प्रतिभाका लागि उनी सधैं सम्झनामा रहिरहने छन् ।

१२ वर्षसम्म टेलिभिजन तथा ७ वर्षसम्म बलिउडको करियरमा सुशान्त सिंह राजपूतले आफ्नो प्रतिभा तथा मेहनतको बलमा फिल्म क्षेत्रमा एउटा बेग्लै पहिचान बनाएका थिए । पटनामा जन्मिएका सुशान्तबाट इन्जिनियर बन्न निस्किएका थिए, तर भाग्यले उनलाई अभिनेता बनाइदिएको थियो ।

१४ जुन २०२४ अर्थात आज सुशान्त सिंह राजपूतको वार्षिक पूण्य तिथि हो । यीनै दिवंगत अभिनेताका बारेमा केही रोचक प्रसंगः

२१ जनवरी १९८६ मा पटनामा जन्मिएका सुशान्त सिंह राजपूतले होमटाउनमै प्रारम्भि अध्ययन पुरा गरेपछि दिल्ली गएका थिए । दिल्ली उनी इन्जिनियर बन्न गएका थिए, तर थिएटरमा आवद्ध भएपछि उनीभित्र अभिनयको भोग जाग्न थाल्यो । उनी इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण पनि भएका थिए । यतिमात्र होइन, उनी अल इन्डिया इन्जिनियरिङ इन्ट्रान्स एग्जाममा सातौं स्थानमा परेका थिए ।

सुशान्तले दिल्ली स्कूल अफ इन्जिनियरिङमा अध्ययन गरेका थिए । तीन वर्षसम्म इन्जिनियरिङको अध्ययन गरेपछि उनले पढाइ छाडिदिए । उनी पढाइमा त अब्बल थिए नै, तर अभिनयको उनको हुटहुटीले उनले पढाइलाई बीचमै छाड्ने निर्णय गरेका थिए ।

सुशान्त सिंह राजपूत अभिनयसंग संगै नृत्यमा पनि पारंगत थिए । उनले श्यामक डावरको ग्रुप तथा एश्ले लोबोसंग नृत्य सिकोका थिए भने नादिरा बब्बरको थिएटर ग्रुप तथा बेरी जानको अभिनय स्कूलबाट अभिनयको प्रशिक्षण लिएका थिए । धेरैलाई जानकारी नभएको एउटा कुरा, यी अभिनेताले ऐश्वर्या राय तथा अभिषेक बच्नन स्टारर फिल्म ‘धूम २’ मा ब्याकग्राउण्ड डान्सरको रुपमा काम गरेका थिए ।

शाखरुख खान पहिलो त्यस्ता अभिनेता हुन् जसको चन्द्रमामा घर छ, सुशान्त सिंह राजपूतले भने चन्द्रमामा पनि जग्गा किनेका थिए । सन् २०१८ मा सुशान्तले इन्टरनेशनल लूनर ल्याण्ड्स रजिस्ट्रेसनबाट जग्गा खरिद गरेका थिए । उनको प्लट सी अफ मसकोवीमा छ । दुबै हातले लेख्न सक्ने क्ष्ँमता भएका सुशान्तसंग हाई एड्भान्स टेलीस्कोपसमेत थियो । उनले नासा गएर एस्ट्रोनेट बन्न तयारीसमेत गरेका थिए, यद्यपि उनले यो कार्य भने गर्न सकेनन् ।

सुशान्त सिंह राजपूतलाई सुपरबाइक तथा कारहरुको पनि सौख थियो । उनको कलेक्सनमा बिएमडब्ल्यू केथर्टिनहन्ड्रेडआर, एउटा मासेराटी क्वाट्रोपोर्टे तथा एउटा रेञ्ज रोबर थियो । यसका साथै उनको एउटा अंक अर्थात ४७४७ संग विशेष सम्बन्ध थियो । उनका दुबै गाडिको नम्बर प्लेटको अन्तिम नम्बर ४७४७ नै थियो । अभिनेताले विभिन्न अवसरहरुमा समेत यो नम्बर उच्चारण गरेका थिए । भनिन्छ, उनलाई कुनै ज्योतिषीले यो नम्बर प्रयोग गर्न सुझाएका थिए ।

सुशान्त सिंह राजपूतले सन् २००८ मा टिभी सीरीयल ‘किस देश मैं है मेरा’ बाट अभिनय करियरको थालनी गरेका थिए । यो सीरीयलमा उनको सेकेण्ड लीड रोल थियो, यद्यपि आफ्नो अभिनय क्षमताले उनले दशर््कको मन जितिसकेका थिए । त्यसपछि उनीमाथि एकता कपूरको नजर पर्यो, सुशान्तले ‘पवित्र रिश्ता’ मा काम गर्ने अवसर पाए । यही सीरीयलबाट उनी रातारात सेलिब्रेटी बने ।

सुशान्तलाई सधैं बलिउडमा काम गर्ने चाहना थियो । त्यसैले टेलिभिजनमा चम्किएपछि उनले फिल्मी संसारतर्फ पाइला अघि बढाए र पहिलो फिल्म ‘काई पो छे’ मा अभिनय गरे । उनले बलिउडमा ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट पहिचान बनाए । त्यसपछि उनले ‘केदारनाथ’ तथा ‘छिछोरे’ फिल्ममा अभिनय गरेर दर्शकको मन जिते ।

१४ जून २०२० का दिन उनले यो संसार छाडेर गए । यी प्रतिभाशाली अभिनेताप्रति हार्दिक श्रद्धासुमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न