काठमाडौं, जेठ ३१ । बिहीबार नेप्से परिसूचक ९.३२ विन्दुले घटेर २११२.२९ अंकमा आएर अडिएको छ । सूचक घटे पनि कारोबार रकममा भने रौनकता देखिएको छ ।
आज ६ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । फाइनान्स र विकास बैंक गरी २ वटा समूहका सूचकमात्र बढेका छन् ।
आज ३१३ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ४७ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र समृद्धि फाइनान्स कम्पनी परेका छन् ।
Published Date: 13 June 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1