वरिष्ठ फोटोग्राफर शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप” आजबाट सुरू

वरिष्ठ फोटोग्राफर शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप” आजबाट सुरू : Icon Khabar

भक्तपुर, जेठ ३० । किपा: ग्राफी भक्तपुरको आयोजनामा वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप” आजबाट सुरू भएको छ। भक्तपुरको लिवालीमा अवस्थित वल्ड दरवारमा उक्त प्रदर्शनी सुरू भएको हो।

आजको उद्घाटन सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यता रहेको थियो भने बागमती प्रदेशका सांसद सुरेन्द्र राज गोसाईको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा किपा: ग्राफी भक्तपुरका सल्लाहकारद्वय अच्युत प्रजापति र बलराम प्रजापतिले आ आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा फोटो प्रदर्शनीलाई विभिन्न रूपले सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। किपा: ग्राफी भक्तपुरका उपाध्यक्ष उज्वल चन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए।

उक्त प्रदर्शनी यहि असार १ गतेसम्म जारी रहनेछ। शाक्यद्वारा खिचिएका भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउने १०० भन्दा बढी तस्बिरहरु उक्त प्रदर्शनीमा राखिएको छ।

Published Date: 12 June 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न