बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ३० । बुधबार नेप्से परिसूचक ६.३७ अंक बढेर २१२१.६२ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.६७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको बजारमा आज ३१२ स्टकको ७४ हजार ८५८ पटकको कारोबारमा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर कारोबार भएको छ।

नेप्से सामान्य अंक बढेपनि आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन गण्पति माइक्रोफाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे २४ करोडको शेयर खरिदबिक्री भएको छ भने ग्रीनलाइफ हाइड्रोपावरको करिब २० करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रशित बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने यस दिन १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

Published Date: 12 June 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा