आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ३१ । आज २०८१ जेठ ३१ गते बिहीबार, तद्अनुसार १३ जुन २०२४ । आज जेठ शुक्ल सप्तमी, वज्र गर पूर्व, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझः १९ः०० बजे ।

आजको राशिफल

मेष: बिग्रिएका काम बन्ने छन् । लगानीले मनोनुकूल लाभ दिने छ । आर्थिक नीतिमा परिवर्तन हुनेछ । कार्य प्रणालीमा सुधार हुनेछ ।

वृष: धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । सत्सङको लाभ मिल्ने छ । राजकीय सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

मिथुन: वाहन, मेशीनरी तथा आगोको प्रयोगमा सावधानी राख्नु होला । अप्रत्याशित खर्च बढ्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कर्कट: बोलीमा शब्दहरुको प्रयोग सोच–विचार गरेर गर्नु होला । वैवाहिक प्रस्ताव आउन सक्छ । लगानी शुभ रहने छ ।

सिंह: प्रतिद्वन्दितामा कमी आउने छ । वैवाहिक प्रस्ताव आउन सक्छ । व्यापारमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

कन्या: आर्थिक उन्नतिको प्रयास सफल रहने छ । व्यापारमा वृद्धिको योग छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

तुला: कुनै मांगलिक कार्य आयोजना हुनसक्ने छ । स्वादिष्ट व्यञ्जनहरुको फाइदा उठाउनु हुनेछ । यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ ।

वृश्चिक: शत्रु शान्त रहने छन् । बोलीमा कडा शब्दहरुको प्रयोगबाट बच्नु होला । अरुको कुरामा नबहकिनु होला ।

धनु: आवश्यक वस्तु समयमा नभेटिँदा खिन्नता रहने छ । बनिसकेको काममा वाधा उत्पन्न हुनेछ । लगानीबाट लाभ हुनेछ ।

मकर: हतार अथवा लापरवाहीबाट हानि हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: काममा मन लाग्ने छैन । व्यावसायिक यात्रा लाभदायक रहने छ । प्रसन्नताको वातावरण रहने छ ।

मीन: आँखालाई विशेष ध्यान दिनु होला । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । आम्दानी भैरहने छ ।

Published Date: 13 June 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न