अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन भारत सरकारको आग्रह

अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन भारत सरकारको आग्रह : Icon Khabar

काठमाडौं, जेठ ३० । भारतमा मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

भारतीय मौसमविद्ले आज नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने भन्दै यस्तो सुझाव दिएका हुन् । उनीहरुका अनुसार भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर ‘लू’ का कारण सामान्य जनजीवन प्रभावित बनेको छ ।

उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लू’ लागेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।

यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा विस्तारै गर्मी घट्ने भने अपेक्षा गरिएको छ ।

Published Date: 12 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु