दक्षिण अफ्रिका बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली, नेपाल–श्रीलंकाको खेल रद्द हुँदा फाइदा

दक्षिण अफ्रिका बन्यो ‘सुपर–८’ मा पुग्ने पहिलो टोली, नेपाल–श्रीलंकाको खेल रद्द हुँदा फाइदा : Icon Khabar

काठमाडौँ, जेठ ३० । समूहगत चरणको अन्तिम खेल खेल्नुअघि नै दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगेको हो । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । विश्वकपअन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो ।

समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीन वटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । दुई खेल खेलेको बङ्गलादेश दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छन् । दुई खेल खेलेको नेपाल भने एक अङ्कसहित तालिकाको चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्काले पनि एक अङ्कमात्र बटुल्न सकेको छ ।

समूह ‘डी’ को बाँकी खेलमा अब बङ्गलादेशले नेदरल्यान्ड्स, नेपालले दक्षिण अफ्रिका, बङ्गलादेशले नेपाल र नेदरल्यान्ड्सले श्रीलङ्काको सामना गर्नेछन् । उक्त समूहमा अब बङ्गलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको मात्र ६ अङ्क पुग्न सक्ने सम्भावना छ । त्यसैले यसअघि नै तीन खेलबाट ६ अङ्क बटुलिसकेको दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगेको हो ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले, दोस्रो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले र तेस्रो खेलमा बंगलादेशलाई चार रनले हराएको थियो । यसअघि एसियाली राष्ट्र ओमान नवौँ टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिने पहिलो टोली बनेको थियो । समूह ‘बी’ मा रहेको ओमानले सुरुको तीनवटै खेलमा हार भोगेको छ । नेपालले भने अब आफ्नो दुवै खेल क्यारेबियन राष्ट्रमा खेल्ने छ ।

Published Date: 12 June 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु