श्रीमानले इन्स्टाग्राम चलाउन नदिएपछि एक महिलाले गरिन् आत्महत्या

श्रीमानले इन्स्टाग्राम चलाउन नदिएपछि एक महिलाले गरिन् आत्महत्या : Icon Khabar

भारत, जेठ २९ । भारतमा एक महिलाले आफ्नो श्रीमानले इन्स्टाग्राम चलाउन नदिएकाे भन्दै आत्महत्या गरेकी छिन् । याे घटना नोएडाकाे हाे । ती महिला आफ्नो घरको पंखामा झुण्डिएकाे अवस्थामा फेला परेकी थिइन् ।

भारतीय संचारमाध्यमका अनुसार महिलाका श्रीमानले उनलाई इन्स्टाग्राम चलाउन निषेध गरेका कारण उनी रिसाएकी थिइन् । साेहि विषयमा उनीहरूबीच निकै झगडा भएको थियो । विवाद बढ्दै गएपछि आक्रोशित महिलाले झुण्डिएर आत्महत्या गरिन् ।

भारतीय प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ । यस विषयमा अनुसन्धान जारी रहेकाे प्रहरीकाे भनाइ छ।

प्रहरीका अनुसार श्रीमानले इन्स्टाग्राम प्रयोग नगर्न भनेपछि ती महिलाले सोमबार आत्महत्या गरेकी हुन् ।

मृतक महिलाको परिवार नोएडाको सेक्टर-३९ थाना क्षेत्रको सदरपुर कालोनीमा बस्छ। नोएडा प्रहरीका प्रवक्ताका अनुसार सोमबार इन्स्टाग्राम प्रयोग गरेकोमा महिलाको श्रीमानसँग झगडा भएको थियो। झगडाको केही समयपछि महिलाले घरको एउटा कोठामा पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र घटनास्थलको निरीक्षण गरेको प्रवक्ताले बताए । अहिले महिलाको शवलाई पोष्टमार्टमका लागि पठाइएकाे छ ।

याे दम्पतीको विवाह भएकाे ९ वर्ष भइसकेको थियाे । उनीहरूकाे दुई सन्तान छन्। मृतक महिलाका श्रीमान र परिवारका अन्य सदस्यसँग सोधपुछ भइरहेको छ । सामाजिक सञ्जालका कारण यी जोडीबीच झगडा हुने गरेको छिमेकीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 June 2024






ताजा
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्यो
आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई छिटो कमजोर बनाउने सक्ने
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
भक्तपुरमा माघमा १५२ मुद्दा दर्ता, बैंकिङ कसुर सबैभन्दा बढी; ५ जनाको सवारी दुर्घटनामा मृत्यु


ट्रेन्डिङ
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
किकम्पा मन्टेश्वरीको आठौँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न