मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त : Icon Khabar
तस्बिर : धीरेन्द्र प्रसाद साह

जनकपुर, जेठ २५ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त भएका छन्। शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि सिंहको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादीको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको थियो ।

प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ । गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा सिंह नियुक्त गरेको हो।

प्रदेश प्रमुख भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई शपथ गराउनु हुने कार्यक्रम तय गरिएको छ ।

Published Date: 07 June 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु