यहि जेठ ३० गते भक्तपुरमा “भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८१” हुने

यहि जेठ ३० गते भक्तपुरमा “भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८१” हुने : Icon Khabar

भक्तपुर, जेठ २५ । संगीत ग्राम गुरूकूल नेपाल प्रोजेक्ट ‘सुरिलो भक्तपुर’ भक्तपुरको प्रस्तुति “भक्तपुर दरबार म्युजिकल फेस्टिभल २०८१” हुने भएको छ।

यहि जेठ ३० गते बुधबार सिथि नखा: पर्वको दिन सो सांगीतिक कार्यक्रममा हुँदैछ। विभिन्न कलाकार, वाद्य वादक, गायक गायिकाहरुद्वारा प्रस्तुति दिइने सो कार्यक्रम भक्तपुर मिवाछेंमा अवस्थित एभरेस्ट स्कूलमा अपरान्हको ४ बजे हुन लागेको हो।

संगीत ग्राम गुरूकूल नेपालले सांस्कृतिक संगीत, मौलिक संगीत, लोक संगीत, फ्युजन संगीत, शास्त्रीय संगीत तथा नयाँ युवा पुस्ताका मौलिक गीत संगीत सम्वर्द्वन, प्रवर्द्वन र प्रदर्शन गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा आइकन खबर डटकम अनलाइन मिडिया पार्टनरको रूपमा रहेको छ। त्यसैगरी फोटोग्राफी र भिडियोग्राफी पार्टनर एस जिजीएन , टिभी पार्टनर भादगाउँ टिभी र लक्ष्मीको सहयोग रहेको छ।

कार्यक्रमलाई बज्र बुटिक होटल, बिग ब्याग्स प्रा लि, सिद्धि स्मृति प्रतिष्ठान, बिक्की गोसाई, निक भुजिसिक हाउजिङ्ग प्रालिले प्रायोजन गरेको छ।

उक्त कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने संगीत ग्राम गुरूकूल नेपालका अध्यक्ष सुनिल लोहलाले आइकन खबरलाई जनाकारी दिए।

Published Date: 07 June 2024


ताजा
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
सुनको भाउ बढेको बढ्यै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु