शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ २५ । सुनको भाउले आज (जेठ २५ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार (जेठ २४ गते) सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट मार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै नेपाली बजारमा यसको भाउ उच्च बिन्दुमा पुगेको हो । सरकारले यसअघि कायम रहेको १५ प्रतिशत भन्सार दरलाई बजेटमार्फत ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्याएको जनाएको थियो ।

यस्तै, पछिल्लो समय विश्व बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मूल्यमा प्रभाव परेको विश्लेषकहरुले तर्क गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ ।

यता, आज चाँदीको भाउपनि प्रतितोला ५० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ५० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३८५.९१ डलर र चाँदी प्रतिऔंस ३१.५१ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 07 June 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग