शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ २५ । सुनको भाउले आज (जेठ २५ गते) अर्को नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बिहीबार (जेठ २४ गते) सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ४३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

जेठ १५ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट मार्फत सुनको भन्सार दर २० प्रतिशत लाग्ने घोषणा गरेसँगै नेपाली बजारमा यसको भाउ उच्च बिन्दुमा पुगेको हो । सरकारले यसअघि कायम रहेको १५ प्रतिशत भन्सार दरलाई बजेटमार्फत ५ प्रतिशत बढाएर २० प्रतिशत पुर्याएको जनाएको थियो ।

यस्तै, पछिल्लो समय विश्व बजारमा पनि सुनको मूल्य उच्च रहेको छ । अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मूल्यमा प्रभाव परेको विश्लेषकहरुले तर्क गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको सीधा प्रभाव नेपाली बजारमा पनि पर्ने गरेको छ ।

यता, आज चाँदीको भाउपनि प्रतितोला ५० रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला १८ सय ५० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३८५.९१ डलर र चाँदी प्रतिऔंस ३१.५१ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 June 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला