सेनाद्वारा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलो फोहोर संकलन

सेनाद्वारा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार किलो फोहोर संकलन : Icon Khabar
तस्बिर: नेपाल स्यान्च्युरी ट्रेक

काठमाडौँ, जेठ २४ । नेपाली सेनाको सफा हिमाल अभियानबाट यस वर्ष तीन वटा हिमालबाट ११ हजार किलो फोहोर संकलन भएको छ। गत चैत २९ गतेदेखि सुरू भएको सफा हिमाल अभियान, २०२४ जेठ २३ गते सम्पन्न भएको हो।

यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफाइ गरेको थियो। यी हिमालबाट १० हजार किलो फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिएको थियो।

त्यस लक्ष्य अनुसार ११ हजार किलो फोहोर, ४ वटा शव र एक मानव अस्थिपञ्जर संकलन भएको नेपाली सेनाको जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

संकलन गरिएका फोहोरहरूमध्ये २ हजार २२६ किलो फोहोर कुहिने खालका थिए। ती फोहोरलाई सफाइ अभियानमा गएको टोलीले सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) लाई बुझाएको छ।

त्यसैगरी नकुहिने फोहोर ८ हजार ७७४ किलो थियो। ती फोहोरको व्‍यवस्‍थापन गर्न एभ्नी भेन्चर प्रालिलाई बुझाएको छ।

यस वर्ष हिमाल सफा गर्न अभियानको नेतृत्व सेनानी आदित्य कार्कीले गरेका थिए। अभियान सकिएसँगै बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनले अभियानको झण्डा सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण समेत गरेका गिए।

सफाइका लागि १२ जना सैनिक र एक जना शर्पासहित १३ जनाको टोली गएको थियो।

बुधबार अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले हिमालहरूमा फोहोर नै हुन नदिनका लागि विद्यमान नीति नियमहरूको कडाइका साथ पालना हुनुपर्ने बताएका थिए।

उनले नेपाली सेनाले मात्र यस प्रकारको अभियानलाई पूर्णता दिन नसक्ने हुँदा केन्द्रदेखि जनस्तरसम्म चेतना अभिवृद्धि गर्न सरोकारवाला निकायका साथै सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू