बिहिबार नेप्से परिसूचक १.९३ अंकले घट्यो

बिहिबार नेप्से परिसूचक १.९३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ २४ । बिहिबार नेप्से परिसूचक १.९३ विन्दुले घटेर २०७७.७८ अंकमा अडिएको छ ।

आज ४ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । १३ मध्ये ५ वटा समूह सकारात्मक रहेका छन् ।

आज ३ सय २२ कम्पनीको ८८ लाख १३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र पोखरा फाइनान्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2024
Website | + posts