प्रतिनिधि सभाको बैठकबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित

प्रतिनिधि सभाको बैठकबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित : Icon Khabar

काठमाडौं, जेठ २४ । सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको यो विधेयक बिहबार प्रतिनिधि सभाबाट समेत बहुमतका आधारमा पारित भएको हो ।

विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ । जग्गाधनि दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ ।

कानुनी रुपमा आधार तयार भएसँगै सरकारले यी सामग्रीको उत्पादन नेपालमै गर्ने योजना अगाडि बढाउने सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरको जवाफ दिँदै मन्त्री शर्माले यस्तो जानकारी दिएकी हुन् ।

सरकारले चाहेमा सरकारको अधिकांश शेयर वा स्वामित्व भएको निकाय वा संस्थामार्फत पनि मुद्रण गर्न सकिने प्रावधान पनि विधेयकमा छ ।

Published Date: 06 June 2024


ताजा
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली