आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २४ । आज २०८१ जेठ २४ गते बिहीबार, तद्अनुसार ६ जुन २०२४ । आज जेठ कृष्ण औँशी, धृति चतुष्पद रोहिणी, बटसावित्री व्रत/शनि जयन्ती व्रत, सूर्योदय बिहानः ५ः०७ बजे, सूर्यास्त साँझः १८ः५७ बजे ।

आजको राशिफल

मेष: सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । बोलीमा नियन्त्रण राख्नु होला । नयाँ कार्यमा लाभ मिल्ने छ । जागिर तथा व्यापारका लागि समय राम्रो रहने छ ।

वृष: पारिवारिक चिन्ता कायम रहने छ । कानूनी वाधा हट्ने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । जीवनसाथीसंग खटपट हुनसक्छ, सावधान रहनु होला । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कर्कट: जागिर अथवा व्यवसायमा लाभको अवसर हात पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा बढी लाभ हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

सिंह: पारिवारिक समस्यामा वृद्धि हुनेछ । चिन्ता तथा तनाव रहने छ । विवादलाई नबढाउनु होला ।

कन्या: विगतमा गरिएका प्रयासहरुको लाभ पाइने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । भाग्यको साथ रहने छ ।

तुला: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

धनु: यात्रामा सावधानी अपनाउनु होला । हतार गर्दा हानि हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

मकर: कुनै ठूलो वाधा आउन सक्छ । हतारमा गरिएको काम बिग्रने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: नयाँ योजना बन्ने छ, जसको लाभ तत्काल पाइने छैन । सामाजिक कार्य गर्न रुचि रहने छ । प्रतिष्ठा बढ्ने छ ।

मीन: पूजा–पाठमा मन लाग्ने छ । अध्यात्ममा रुचि बढ्ने छ । निवेश शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 June 2024
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)