आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २४ । आज २०८१ जेठ २४ गते बिहीबार, तद्अनुसार ६ जुन २०२४ । आज जेठ कृष्ण औँशी, धृति चतुष्पद रोहिणी, बटसावित्री व्रत/शनि जयन्ती व्रत, सूर्योदय बिहानः ५ः०७ बजे, सूर्यास्त साँझः १८ः५७ बजे ।

आजको राशिफल

मेष: सवारीसाधन तथा मेशीनरीको प्रयोगमा सावधानी अपनाउनु होला । बोलीमा नियन्त्रण राख्नु होला । नयाँ कार्यमा लाभ मिल्ने छ । जागिर तथा व्यापारका लागि समय राम्रो रहने छ ।

वृष: पारिवारिक चिन्ता कायम रहने छ । कानूनी वाधा हट्ने छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । जीवनसाथीसंग खटपट हुनसक्छ, सावधान रहनु होला । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

कर्कट: जागिर अथवा व्यवसायमा लाभको अवसर हात पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । व्यापारमा बढी लाभ हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

सिंह: पारिवारिक समस्यामा वृद्धि हुनेछ । चिन्ता तथा तनाव रहने छ । विवादलाई नबढाउनु होला ।

कन्या: विगतमा गरिएका प्रयासहरुको लाभ पाइने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । भाग्यको साथ रहने छ ।

तुला: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । आम्दानीमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

धनु: यात्रामा सावधानी अपनाउनु होला । हतार गर्दा हानि हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

मकर: कुनै ठूलो वाधा आउन सक्छ । हतारमा गरिएको काम बिग्रने छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

कुम्भ: नयाँ योजना बन्ने छ, जसको लाभ तत्काल पाइने छैन । सामाजिक कार्य गर्न रुचि रहने छ । प्रतिष्ठा बढ्ने छ ।

मीन: पूजा–पाठमा मन लाग्ने छ । अध्यात्ममा रुचि बढ्ने छ । निवेश शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । मान–सम्मान पाइने छ ।

Published Date: 06 June 2024


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु