भक्तपुरको पपर डम्फोमा सरसफाई तथा वृक्षारोपण सम्पन्न

भक्तपुरको पपर डम्फोमा सरसफाई तथा वृक्षारोपण सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ २३ । विश्व वातावरण दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले ल्योसिंख्यस्थित पपर डम्फो र तरकारी बजार परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले २०७४ सालको निर्वाचनपश्चात भक्तपुर नपामा जनप्रतिनिधि बहाली भएसँग प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ र वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको अवगत गराए।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रजनी जोशी, वातावरण समितिका संयोजक रविन्द्र ज्याख्व,भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, वडा सदस्य नारायणप्रसाद त्वानाबासुले पनि बोलेका थिए।

भक्तपुर नपाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा धुपी, कपुर, कल्की, पारिजात, कांगियोलगायतका ६५ वटा बोट विरुवाहरु रोपिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2024
Website | + posts