भक्तपुरको पपर डम्फोमा सरसफाई तथा वृक्षारोपण सम्पन्न

भक्तपुरको पपर डम्फोमा सरसफाई तथा वृक्षारोपण सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ २३ । विश्व वातावरण दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले ल्योसिंख्यस्थित पपर डम्फो र तरकारी बजार परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले २०७४ सालको निर्वाचनपश्चात भक्तपुर नपामा जनप्रतिनिधि बहाली भएसँग प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ र वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको अवगत गराए।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख रजनी जोशी, वातावरण समितिका संयोजक रविन्द्र ज्याख्व,भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, वडा सदस्य नारायणप्रसाद त्वानाबासुले पनि बोलेका थिए।

भक्तपुर नपाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा धुपी, कपुर, कल्की, पारिजात, कांगियोलगायतका ६५ वटा बोट विरुवाहरु रोपिएको थियो ।

Published Date: 05 June 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु