गर्मीयाममा स्वस्थ रहन ध्यान दिनुपर्ने कुराहरु

गर्मीयाममा स्वस्थ रहन ध्यान दिनुपर्ने कुराहरु : Icon Khabar

काठमाडौँ, जेठ २३ । अहिले देशभर मौसम परिवर्तनसँगै गर्मी बढेको छ। अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणको कारण गर्मीयाममा स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ।

गर्मी बढेसँगै अहिले खासगरी छालासँग सम्बन्धित समस्याहरु, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या बढेका छन्।

प्रायःजसो यस्ता समस्याहरु अस्वस्थ्यकर खानपान र बानीव्यहोराका कारण हुनेगर्छ। कहिलेकाहीँ सामान्य जस्तो लागेर बेवास्ता गर्दा यस्ता समस्याले ज्यानै खतरामा पुर्‍याउन सक्छ। यी समस्याबाट बच्न निम्न सावधानी अपनाउनु जरुरी देखिन्छ।

१. हाइड्रेसन मेन्टेन अनिवार्य
उमालेर सेलाएको शुद्ध पानी प्रशस्त पिउनुहोस्। कोल्ड ड्रिक्सलाई सकेसम्म त्याग्नुस्। यसले शरीरमा झनै डिहाइड्रेसन गराउँछ। घरमा, काममा वा अफिसमा पानी पिउन कन्जुस्याइ नगर्नुहोस्। लस्सी, मही तथा सन्तुलित सर्वत पानी पिउनु पनि उपयोगी हुन्छ तर स्वास्थ्यकर हुनुप¥यो।

२. जंक फुड त्याग्नुस्
जंक फुड प्रायः सबै मौसममा हानिकारक नै हुन्छ। झन् गर्मीमा जंक फुड त टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता मौसमी सरुवा रोगको प्रमुख कारण नै हो। खानेकुराको सवालमा कुरा गर्दा खाना स्वास्थ्यकर, सफा र यसको भण्डारण पनि स्वस्थकर ढंगबाट भएको हुनुपर्छ। रोगी, बालबालिका र वृद्धहरुको रोगप्रतिरक्षा शक्ति कमी हुने भएकोले यस्ता खानाको प्रयोगले तिनीहरु झनै पीडित हुन्छन्।

३. स्किन केयर गर्नुस्
उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस्। बाहिर हिँडडुल गर्दा सन ग्लास प्रयोग गर्नुस्। चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्। याद गर्नुस्, बजार, फार्मेसी वा व्युटी पार्लरमा पाइने यस्ता क्रिम विना स्किन टेस्ट प्रयोग गर्नु हँुदैन। किनभने यस्ता क्रिमले छालामा एलर्जिक रिएक्सन गरी कुरुप पनि बनाउन सक्छन् ।

४. स्वास्थ्यकर खानेकुरा खानुहोस्
सिजनेवल सागसब्जी, प्रशस्त फलफूल र झोलिलो खानेकुरा खानेकुरा खानुहोस्। चुरोट र मदिरा सेवनकर्ताको ज्यान गर्मीमा झनै जोखिममा हुन्छ।

५. घर तथा वातावरणीय सरसफाइ 
अहिले देशैभरि डेंगु ज्वरोको प्रकोप बढेको अवस्था छ। घर वरिपरि सफा गर्न आवश्यक छ। लामखुट्टे र सर्पको टोकाइबाट बच्न वातावरण सफाइ गर्नुपर्छ। डेंगु गराउने लामखुट्टेले दिउँसो टोक्ने हुनाले लामखुट्टेको टोकाइबाट सधैं बच्नुपर्छ। साथै घरभित्र पानी जम्न दिनु हुँदैन।

Published Date: 05 June 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना
आज बुधबारको राशिफल
उपत्यकाका तीनै जिल्लामा बर्डफ्लुको संक्रमण तीव्, उपत्यका बन्यो बर्डफ्लुको ‘हटस्पट’ क्षेत्र
भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी