चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, परिवारका ४ जना पनि घाइते

चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, परिवारका ४ जना पनि घाइते : Icon Khabar

काठमाडौँ, जेठ २३ । काठमाडौंको चाबहिलमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार राति साढे ८ बजे उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

प्रहरीका अनुसार श्रीमतीसँग भएकाे झगडाले घटना घटेकाे हाे । घरायसी कुरामा भएको विवादले उग्र रुप लिएपछि ५२ वर्षका चञ्चल सिहंले पेट्रोल छर्केका थिए । यसकासाथै, उनले आफूलाई मात्र नभइ परिवारका ४ जनामाथि पनि पेट्राेल छर्के । त्यसपछि, उनले सबैकाे शरीरमा आगो लगाए ।

चञ्चलले श्रीमती विनु सिंह, छोरीहरू सुप्रिया, समृद्धि र सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनले ४४ वर्षकी विनु, २५ वर्षकी जेठी छाेरी सुप्रिया, १६ वर्षकी माइली छाेरी समृद्धि र ८ वर्षकी कान्छी छाेरी सुहानीलाई पनि आगो लगाएकाे प्रहरीकाे भनाइ छ । त्यसपछि उनीहरूलाई धुम्बाराहीस्थित हेल्पिङ ह्याण्ड अस्पाल पुर्‍याएको थियाे । तर अस्पतालले उनीहरूलाई राति नै कीर्तिपुरको बर्न अस्पतलमा रिफर गरिदिएकाे थियाे ।

अहिले पाँचै जनाको किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये जेठी र माइली छाेरीहरूको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाकाे अवस्था सामान्य रहेकाे छ ।

यसअघि पनि चञ्चलले श्रीमती विनुमाथि घरेलु हिंसा गर्ने गरेकाे खुलेकाे छ । रक्सी सेवन गरेर श्रीमतीमाथि हातपात गर्ने र मार्ने धम्की दिएकाे भन्दै पहिले पनि उनीमाथि उजुरी परेकाे थियाे । केहि दिन अघि मात्रै विनुले महानगरीय प्रहरी वृत गौशालामा चञ्चलमाथि घरेलु हिंसाकाे आराेपमा उजुरी दिएकी थिइन् जसपश्चात प्रहरीले चञ्चललाई सम्झाएकाे थियाे ।

Published Date: 05 June 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु