चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, परिवारका ४ जना पनि घाइते

चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए, परिवारका ४ जना पनि घाइते : Icon Khabar

काठमाडौँ, जेठ २३ । काठमाडौंको चाबहिलमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार राति साढे ८ बजे उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

प्रहरीका अनुसार श्रीमतीसँग भएकाे झगडाले घटना घटेकाे हाे । घरायसी कुरामा भएको विवादले उग्र रुप लिएपछि ५२ वर्षका चञ्चल सिहंले पेट्रोल छर्केका थिए । यसकासाथै, उनले आफूलाई मात्र नभइ परिवारका ४ जनामाथि पनि पेट्राेल छर्के । त्यसपछि, उनले सबैकाे शरीरमा आगो लगाए ।

चञ्चलले श्रीमती विनु सिंह, छोरीहरू सुप्रिया, समृद्धि र सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनले ४४ वर्षकी विनु, २५ वर्षकी जेठी छाेरी सुप्रिया, १६ वर्षकी माइली छाेरी समृद्धि र ८ वर्षकी कान्छी छाेरी सुहानीलाई पनि आगो लगाएकाे प्रहरीकाे भनाइ छ । त्यसपछि उनीहरूलाई धुम्बाराहीस्थित हेल्पिङ ह्याण्ड अस्पाल पुर्‍याएको थियाे । तर अस्पतालले उनीहरूलाई राति नै कीर्तिपुरको बर्न अस्पतलमा रिफर गरिदिएकाे थियाे ।

अहिले पाँचै जनाको किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये जेठी र माइली छाेरीहरूको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाकाे अवस्था सामान्य रहेकाे छ ।

यसअघि पनि चञ्चलले श्रीमती विनुमाथि घरेलु हिंसा गर्ने गरेकाे खुलेकाे छ । रक्सी सेवन गरेर श्रीमतीमाथि हातपात गर्ने र मार्ने धम्की दिएकाे भन्दै पहिले पनि उनीमाथि उजुरी परेकाे थियाे । केहि दिन अघि मात्रै विनुले महानगरीय प्रहरी वृत गौशालामा चञ्चलमाथि घरेलु हिंसाकाे आराेपमा उजुरी दिएकी थिइन् जसपश्चात प्रहरीले चञ्चललाई सम्झाएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)