काठमाडौं महानगरभित्रका अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

काठमाडौं महानगरभित्रका अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन : Icon Khabar

काठमाडौं, जेठ २३ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नगरेका महानगरले जनाएको छ । तसर्थ, अस्पतालहरुले अन्य व्यक्तिहरुलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको सूचनामा उल्लेख छ ।

यस्तै, अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2024
Website | + posts