काठमाडौं महानगरभित्रका अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

काठमाडौं महानगरभित्रका अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन : Icon Khabar

काठमाडौं, जेठ २३ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण अस्पतालहरुलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नगरेका महानगरले जनाएको छ । तसर्थ, अस्पतालहरुले अन्य व्यक्तिहरुलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको सूचनामा उल्लेख छ ।

यस्तै, अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि महानगरले जनाएको छ ।

Published Date: 05 June 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु