खराब ब्याटिङ रह्यो नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुनुको कारण

खराब ब्याटिङ रह्यो नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुनुको कारण : Icon Khabar
DALLAS, TEXAS – JUNE 04: Sompal Kami of Nepal celebrates with team mates after taking the wicket of Michael Levitt of The Netherlands during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

डालास, जेठ २३ । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदरल्यान्डस्‌सँग पराजित भएको छ । मंगलवार राति सम्पन्न खेलमा नेपाललाई नेदरल्यान्ड्सले ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्सले ८ बल बाँकी छँदै चार विकेटको क्षतिमा भेट्टायो । नेपालविरुद्ध जीत निकाल्ने क्रममा म्याक्स ओ डाउडले अर्धशतक पूरा गरेका थिए ।

डाउड ५४ रन बनाए भने बास डे लिड ११ रनमा अविजित रहे । म्याक्स ओ डाउडले ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान स्कट इडवार्ड ५ रन बनाउँदा अविनास बोहोराको बलमा बोल्ड भएका थिए । नेदरल्याण्ड्सको इनिङमा तेस्रो विकेटका लागि ओपनर म्याक्स ओ डाउड र सेब्रट एंगेलब्रेचले २८ रनको साझेदारी गरे ।

सोमपाल कामीले १४ औँ ओभरको पहिलो बलमा सेब्रड एंगेलब्रेचलाई १४ रनमा रन आउट गराएका थिए । त्यसअघि दिपेन्द्र सिंह ऐरिले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पारेका थिए । दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरेका थिए ।

त्यसअघि ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भएका थिए । नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराएका थिए ।

त्यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै अलआउट भयो ।

विश्वकपको पहिलो खेलमा नेदरल्यान्डस्‌विरुद्ध नेपालको ब्याटिङ चल्न सकेन । रनका लागि संघर्ष गरेको नेपालका ओपनिङ जोडीले इनिङलाई लामो समयअघि बढाउन नसक्दा नेपाल सस्तैमा समेटिएको हो ।

कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो । पौडेलले ३७ बलमा ५ चौका प्रहार गरे । नेपालले चौथो ओभरमा नै दुबै ओपनरलाई गुमाएको थियो । नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो । आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भएका थिए ।

अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे । कुशल मल्ल ९ रनमा क्याच आउट भए भने अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए । अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट भए भने कुशल मल्ल ९ रनमा क्याच आउट हुनुभयो । यो खेलमा दिपेन्द्र सिंह ऐरि १ तथा सोमपाल कामी शून्य रनमा नै आउट भएका थिए ।

तल्लो क्रममा ब्याटिङमा आएका गुल्सन झा र करण केसीले छक्का प्रहार गर्दै समर्थकमा केही आशा जगाएका थिए । १७ रन बनाएका करण केसी १९ औँ ओभरको पाँचौंं बलमा बास डे लिडको बलमा किंग्माको हातबाट क्याच आउट भए । करणले १२ बलमा २ छक्का सहयोगमा १७ रन बनाएका थिए ।

गुल्सन झा १४ रनमा बोल्ड आउट भए । अविनास बोहोरा शून्य रनमा कट एण्ड बोल्ड भए भने सागर ढकाल शून्य रनमा अविजित रहे ।

नेपाललाई सामान्य योगफलमा रोक्न नेदरल्यान्डस्का टिम प्रिंगलले तीन विकेट लिए । उनले आफ्नो स्पेलमा २० रन खर्चिए । लोगान भान विकले तीन विकेट लिए । पल भान मिकेरेन र बास डे लिडले समान दुई विकेट लिए ।

मंगलवारको खेलमा एकातिर नेपालको ब्याटिङ चल्न सकेन भने अर्कोतिर फिल्डिङमा खेलाडीहरुले केही सामान्य गल्ति गर्दा नेदरल्याण्ड्सलाई लक्ष्यमा पुग्नबाट रोक्न सकेनन् । लक्ष्यको बचाव गर्न मैदानमा उत्रिएको नेपालका खेलाडीहरुले केही सहज क्याचहरु छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2024
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न