आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, जेठ २३ | आज २०८१ जेठ २३ गते बुधबार, तद्अनुसार ५ जुन २०२४ । आज जेठ कृष्ण चतुर्दशी, सुकर्मा विष्टि÷भद्रा कृत्तिका, सिथि चःह्रे, विश्व वातावरण दिवस, सूर्योदय बिहानः ५ः०७, सूर्यास्त साँझः १८ः५७ बजे ।

आजको राशिफल

मेष : पुराना रोग चिन्ताको कारण बन्न सक्छ । अज्ञात भयले सताउने छ । वैवाहिक प्रस्ताव आउन सक्छ । धन प्राप्तिमा अवरोध हट्न सक्छ ।

वृष: जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । शारीरिक कष्ट सम्भव छ । आर्थिक उन्नति हुनेछ । समय शुभ छ ।

मिथुन: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

कर्कट: लेन–देनमा हतार नगर्नु होला । कुरा बिग्रन सक्छ । आवश्यक निर्णय सोच–विचार गरेर लिनु होला ।

सिंह: पराक्रम तथा प्रतिष्ठामा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । लगानी लाभदायक रहने छ । भाग्यको साथ मिल्ने छ ।

कन्या: कारोबार लाभप्रद रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

तुला: प्रेम–प्रसंगमा आशातीत सफलता प्राप्त हुनेछ । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । भाग्यको साथ पाइने छ ।

वृश्चिक: विवादलाई नबढाउनु होला । अप्रत्याशित खर्च बढ्ने छ । अरुको झगडामा नपर्नु होला ।

धनु: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । विवादबाट बच्नु होला, लाभ हुनेछ ।

मकर: राज्यबाट प्रसन्नता रहने छ । कुनै ठूलो काम बन्न सक्छ । नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ: आँखालाई चोट अथवा रोगबाट बचाउनु होला । धन प्राप्ति सुगम हुनेछ । व्यवसाय लाभदायक रहने छ ।

मीन: सोच–विचार गरेर निर्णय लिनु होला । बढी प्रयास गर्नु पर्नेछ । अरुको अपेक्षा नगर्नु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन