कस्तो छ आज दिनभरको मौसम ?

कस्तो छ आज दिनभरको मौसम ? : Icon Khabar

काठमाडौं, जेठ २३ । अहिले बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बुधबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेश, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, कर्णाली र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 June 2024
Website | + posts










ताजा
नेपालमा सामाजिक सञ्जाल टेलिग्राम एप बन्द
सौर्य एयरलाइन्सको जहाज दुर्घटना: कम्पनी, पाइलट र उड्डयन प्राधिकरण तीनै पक्षको गम्भीर लापरबाही
वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या हालसम्मकै उच्च रेकर्ड
रास्वपाको उम्मेदवार हुन प्रहरी रिपोर्ट पेश गर्नुपर्ने










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला