मंगलबार सामान्य अंकले बढ्यो नेप्से

मंगलबार सामान्य अंकले बढ्यो नेप्से : Icon Khabar

काठमाडौं, जेठ २२ । मंगलबार नेप्से परिसूचक ६.२२ विन्दुले बढेर २०८५.३० अंकमा पुगेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.४८% ले बढेको छ । यद्यपि, दैनिक कारोबार रकमले भने खासै गति लिन सकेको छैन ।

आज ३१५ कम्पनीको ८३ लाख ५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ अर्ब ८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

२० करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेका छन् ।

Published Date: 04 June 2024


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग