‘तुझे देखा तो ये जाना सनम’ बन्यो बेलायतमा सर्वाधिक रुचाइएको गीत

‘तुझे देखा तो ये जाना सनम’ बन्यो बेलायतमा सर्वाधिक रुचाइएको गीत : Icon Khabar

मुम्बई, जेठ २२ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को गीत ‘तुझे देखा तो ये जाना सनम’ बेलायतमा सर्वाधिक रुचाइएकोमा परेको छ ।

बलिउड निर्माता आदित्य चोपडाको उक्त फिल्मको गीतलाई बीबीसीले ९० को दशकको लोकप्रिय बलिउड गीतका रुपमा छनोट गरेको हो ।

यो फिल्म बलिउडको इतिहासमा सर्वकालिक ब्लकबस्टर हो । शाहरुख खान र काजोललाई कयौं पुस्तासम्म लोकप्रिय फिल्म स्टार बनाउने श्रेय यही फिल्मलाई जान्छ ।

यो फिल्मले बलिउडको इतिहासमा सर्वाधिक लामो समयसम्म प्रदर्शनको रेकर्डसमेत राखेको छ । यो फिल्म अहिले पनि मुम्बईको प्रतिष्ठित मराठा मन्दिर थिएटरमा हरेक दिन देखाइन्छ ।

बीबीसीको एसियाई नेटवर्कले स्रोताहरुलाई ५० दाबेदारीको सूचीमा ९० को दशकको सर्वश्रेष्ठ बलिउड गीत छनोट गर्नका लागि निमन्त्रणा गरेको थियो ।

स्टेसनका प्रस्तुतकर्ता हारून रशीद, निकिता काण्डा, गगन ग्रेवाल र नादिया अलीसँगै उद्योग विशेषज्ञ असीम बर्नी, अमृता तन्ना र करण पंगालीले गीतहरुको सर्ट लिस्ट तयार पारेका थिए ।

जसमा फिल्म ‘ये दिल्लगी’को ‘ओले ओले’देखि लिएर ‘खामोशीः द म्यूजिकल’को गीत ‘बाहों के दरमियान’ जस्ता गीत थिए । यद्यपि अधिकांशले सन् १९९५ को ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को ‘तुझे देखा तो ये जाना सनम’लाई भोट गरेका थिए ।

डीडीएलजे राज भन्ने युवकको कथा हो, जुन चरित्रमा अभिनेता शाहरुख खान छन् र फिल्ममा काजोलले सिम्रनको भूमिका निर्वाह गरेकी छन् । यी दुवै लण्डनमा बस्ने भारतीय हुन्छन् ।

यो गीतमा कुमार सानु र लता मंगेशकरको स्वर छ । यो गीत यो दशकको संगीत स्ट्रीमिङ प्लेटफर्मममा सर्वाधिक बज्ने गीतमध्ये एक हो ।

Published Date: 04 June 2024


ताजा
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
विपक्षी दलको बहिष्कारबीच बागमती प्रदेश सभाको बैठक सुरु
आज बुधबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली