‘तुझे देखा तो ये जाना सनम’ बन्यो बेलायतमा सर्वाधिक रुचाइएको गीत

‘तुझे देखा तो ये जाना सनम’ बन्यो बेलायतमा सर्वाधिक रुचाइएको गीत : Icon Khabar

मुम्बई, जेठ २२ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ को गीत ‘तुझे देखा तो ये जाना सनम’ बेलायतमा सर्वाधिक रुचाइएकोमा परेको छ ।

बलिउड निर्माता आदित्य चोपडाको उक्त फिल्मको गीतलाई बीबीसीले ९० को दशकको लोकप्रिय बलिउड गीतका रुपमा छनोट गरेको हो ।

यो फिल्म बलिउडको इतिहासमा सर्वकालिक ब्लकबस्टर हो । शाहरुख खान र काजोललाई कयौं पुस्तासम्म लोकप्रिय फिल्म स्टार बनाउने श्रेय यही फिल्मलाई जान्छ ।

यो फिल्मले बलिउडको इतिहासमा सर्वाधिक लामो समयसम्म प्रदर्शनको रेकर्डसमेत राखेको छ । यो फिल्म अहिले पनि मुम्बईको प्रतिष्ठित मराठा मन्दिर थिएटरमा हरेक दिन देखाइन्छ ।

बीबीसीको एसियाई नेटवर्कले स्रोताहरुलाई ५० दाबेदारीको सूचीमा ९० को दशकको सर्वश्रेष्ठ बलिउड गीत छनोट गर्नका लागि निमन्त्रणा गरेको थियो ।

स्टेसनका प्रस्तुतकर्ता हारून रशीद, निकिता काण्डा, गगन ग्रेवाल र नादिया अलीसँगै उद्योग विशेषज्ञ असीम बर्नी, अमृता तन्ना र करण पंगालीले गीतहरुको सर्ट लिस्ट तयार पारेका थिए ।

जसमा फिल्म ‘ये दिल्लगी’को ‘ओले ओले’देखि लिएर ‘खामोशीः द म्यूजिकल’को गीत ‘बाहों के दरमियान’ जस्ता गीत थिए । यद्यपि अधिकांशले सन् १९९५ को ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’को ‘तुझे देखा तो ये जाना सनम’लाई भोट गरेका थिए ।

डीडीएलजे राज भन्ने युवकको कथा हो, जुन चरित्रमा अभिनेता शाहरुख खान छन् र फिल्ममा काजोलले सिम्रनको भूमिका निर्वाह गरेकी छन् । यी दुवै लण्डनमा बस्ने भारतीय हुन्छन् ।

यो गीतमा कुमार सानु र लता मंगेशकरको स्वर छ । यो गीत यो दशकको संगीत स्ट्रीमिङ प्लेटफर्मममा सर्वाधिक बज्ने गीतमध्ये एक हो ।

Published Date: 04 June 2024


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड