सोमबार नेप्से परिसूचक ३.९७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ३.९७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ २१ । सोमबार नेप्से परिसूचक ३.९७ विन्दुले घटेर २०७९.०७ अंकमा आएर अडिएको छ ।

आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स समूहमा भने उत्साह देखिएको छ । सूचीकृत अरु सबै समूह घट्दा माइक्रोफाइनान्स भने २.४३ प्रतिशतले बढेको छ ।

आज ३१६ कम्पनीको ८८ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा पाmइनान्स र ग्रीन भेन्चर्स लिमिटेड परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 June 2024
Website | + posts