सोमबार नेप्से परिसूचक ३.९७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ३.९७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, जेठ २१ । सोमबार नेप्से परिसूचक ३.९७ विन्दुले घटेर २०७९.०७ अंकमा आएर अडिएको छ ।

आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स समूहमा भने उत्साह देखिएको छ । सूचीकृत अरु सबै समूह घट्दा माइक्रोफाइनान्स भने २.४३ प्रतिशतले बढेको छ ।

आज ३१६ कम्पनीको ८८ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा पाmइनान्स र ग्रीन भेन्चर्स लिमिटेड परेका छन् ।

Published Date: 03 June 2024


ताजा
‘गौँथली’ : चर्चाभन्दा कमजोर कथा र पुरानै शैलीको प्रस्तुति
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न